काठमाडौं– नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले नेतृत्व तहलाई विशेष महाधिवेशनमार्फत एकताबद्ध भएर निर्वाचनमा जान अपिल गरेका छन्।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यस्तो अपिल गरेका हुन् ।
जारी अपिलमा कांग्रेसलाई जनतामाझ अझै विश्वसनीय र भरोसायोग्य पार्टीका रूपमा प्रस्तुत गर्न परिवर्तन र रूपान्तरणका एजेन्डा बोकेर नयाँ सोच र दृष्टिकोणसहित निर्वाचनमा होमिनुपर्ने आवश्यकता औंल्याइएको छ।
सोही सन्दर्भमा विशेष महाधिवेशनको माग गर्दै महाधिवेशन प्रतिनिधिहरूले लिखित निवेदनसमेत दर्ता गरिसकेको जनाइएको छ।
अपिलमा माग गर्ने प्रतिनिधिहरूको मत र भावनाको सम्मान गर्दै संवाद र सहमतिमार्फत व्यापक एकता कायम गर्न नेतृत्वलाई आग्रह गरिएको छ। साथै, नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा जाने वातावरण निर्माण गरी कांग्रेसको पक्षमा परिणाममुखी अवस्था सिर्जना गर्नुपर्ने उल्लेख गरिएको छ।
नेतृत्व तहले समयमै पहल लिई पार्टीभित्र एकता सुदृढ गरे मात्र आगामी निर्वाचनमा कांग्रेस बलियो रूपमा प्रस्तुत हुन सक्ने प्रतिनिधिहरूको निष्कर्ष छ।













प्रतिक्रिया