टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित « Khabarhub

टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चौतारा– यहाँको चौतारा साँगाचोकगढी नगरपालिका–१, लामिडाँडाका किसान टिप्ने बेलाको सुन्तला कीरा लागेर बोटबाटै झर्न थालेपछि चिन्तित बनेका छन् । बिक्रीका लागि तयार भएको सुन्तलामा औँसे कीरा र पतेरो लागेपछि किसान चिन्तित बनेका हुन् ।

विगतमा लाखौँको आम्दानी दिलाउने सुन्तलाखेती अहिले रोग र कीराको प्रकोपका कारण नष्ट हुँदै गएको स्थानीय किसान भोजबहादुर कार्कीले बताए। फल झर्ने, कीरा प्रकोप र रोगले गर्दा अहिले बजारसम्म ल्याउन मुस्किल भइरहेको उनको गुनासो छ । 

लामिडाँडाकै अर्का किसान कृष्णबहादुर कार्कीले पनि सुन्तला बेचेर केही वर्षअघिसम्म लाखौँ आम्दानी गरेका थिए । तर हालै उनको बगैँचामा पनि सुन्तलाको बोटमा रोग र सङ्क्रमणका कारण ठूलो क्षति पुगेको छ ।

लामिडाँडामा सुरुमा तीन घरले सुन्तला रोप्ने अभियान थालेका थिए । हाल हरेकजसो घरमा १५ देखि ५० बोटसम्म सुन्तला छन् । तर सबै किसानले लगाएको सुन्तलामा उस्तै समस्या छ । 

मौसमी प्रकोपबाट सुरु भएको क्षति अहिले ‘कीरा–रोग’ को ठूलो महामारी बनेको छ । असिनाले फूल नष्ट गर्नेदेखि वर्षात्ले असर पारेको छ भने पहिले जस्तो पानी नपर्ने र परिहालेमा ठूलो पर्ने समस्या छ । यो बदलिँदो मौसमले उत्पादनमा नकारात्मक प्रभाव परेको स्थानीय किसान धनबहादुर तामाङ बताउँछन्। 

जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका कृषि अधिकृत सुयोग भण्डारी रोगकीराले सङ्क्रमित फल माटोमै सड्न नदिने गरी खाल्डो खनेर गाड्नुपर्ने बताउँछन्। झरेका फलका लार्भा माटोभित्र गइ अर्को वर्ष झनै ठूलो प्रकोप ल्याउनसक्ने भएकाले लार्भालाई माटोमै सड्न दिन नहुने उनले बताए।

रोग र कीराको प्रकोप नियन्त्रण गर्न समय लाग्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १२ : ५३ बजे

बागलुङमा भिरबाट लडेर सात वर्षीया बालिकाको मृत्यु

बागलुङ – भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

हर्क साम्पाङको फेसबुक पेज ६ दिनपछि पुनः सक्रिय

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको फेसबुक पेज

रुपन्देहीको सीमावर्ती क्षेत्रबाट साठी क्विन्टल मकैसहित चालक पक्राउ

रुपन्देही – रुपन्देहीको सीमावर्ती क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न

जातीय विभेद गर्ने वडाध्यक्ष अधिकारीको सजाय उच्च अदालतबाट पनि सदर

काठमाडौं – जातीय विभेदको आरोपमा पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर

आइतबारदेखि अतिक्रमित सुकुम्बासी बस्ती हटाउन सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्तीहरू खाली गराउने