कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति « Khabarhub

कांग्रेस ललितपुरले जारी गरेको विवादित विज्ञप्तिप्रति आपत्ति


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ललितपुर जिल्ला कार्य समितिका सभापति जितेन्द्र कुमार श्रेष्ठले बुधबार जारी विज्ञप्तिप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ।

कांग्रेस केन्द्रिय कार्यालयले २८–३१ मा आयोजना हुने केन्द्रिय महाधिवेशनको तालिका सार्वजनिक भइसकेको अवस्थामा उक्त विज्ञप्ति जारी गरिनु आपत्तिजनक रहेको बताएको छ । 

पार्टी प्रवक्ता सन्तोष राज केसीका अनुसार, उक्त विज्ञप्ति एकल निर्णयमा र पदाधिकारी तथा जिल्ला कार्य समिति सदस्यसँग छलफलविना जारी गरिएको अवैधानिक कदम भएको छ। 

उनले सम्पूर्ण महासमिति, महाधिवेशन तथा पार्टीका भातृ संगठन र शुभेच्छुक संस्थालाई भ्रममा नपर्न आग्रह गर्दै, केन्द्रिय कार्यसमितिको निर्णय अनुसार महाधिवेशन सफल पार्न आह्वान गरेका छन्।

साथै, प्रवक्ताले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पनि पार्टीका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण कार्यकर्ताहरू सक्रिय भएर सहभागी हुन अनुरोध गरेका छन्।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : १४ बजे

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।

चिसोका कारण सडक स्तरोन्नतिको काम स्थगित

म्याग्दी– चिसो र प्रतिकुल मौसमका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा