आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन « Khabarhub

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन गरिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष केशव गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हकहित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । ‘हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ’, उनले भने ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पारे । उनले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १६० दिन र नायब सुब्बाका लागि ११५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । 

प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ५२ बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

नेपाल–साउदी कूटनीतिक सम्बन्धको ५० वर्ष

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले