आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन « Khabarhub

आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले लोकसेवा परीक्षा तयारीका लागि शाखा अधिकृत र नायब सुब्बा लक्षित निःशुल्क अनलाइन कक्षा सञ्चालनमा ल्याएको छ ।

आज उद्घाटन कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव ज्ञानेन्द्र पुनले प्रतिष्ठानले हाल सातै प्रदेशमा अभिमुखीकरण तालिम सञ्चालन गरिरहेको जानकारी दिए ।

उनले आदिवासी जनजाति समुदायका युवालाई लोक सेवा परीक्षामा प्रतिस्पर्धी बनाउने उद्देश्यले यस प्रकारका लक्षित कार्यक्रम सञ्चालन गरिएको बताए ।

प्रतिष्ठानका उपाध्यक्ष केशव गुरुङले प्रतिष्ठानले आदिवासी जनजातिको हकहित संरक्षण र सशक्तीकरणमा निरन्तर काम गर्दै आएको उल्लेख गरे । ‘हामीले लिएको लक्ष्यलाई सही रूपमा उपयोग गरे देशका लागि सुयोग्य र सक्षम राष्ट्रसेवक कर्मचारी उत्पादन गर्न सकिन्छ’, उनले भने ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले लोक सेवा आयोग नेपालको पहिलो लोकतान्त्रिक संस्था भएको बताउँदै आयोगमा कुनै पनि प्रकारको धाँधली नहुने स्पष्ट पारे । उनले लोक सेवामार्फत तलब खाएर राष्ट्रको सेवा गर्न पाउनु गौरवको विषय भएको धारणा व्यक्त गरे ।

प्रतिष्ठानका अनुसार कक्षा कार्यक्रमअन्तर्गत शाखा अधिकृतका लागि १६० दिन र नायब सुब्बाका लागि ११५ दिनको तयारी कक्षा सञ्चालन गरिनेछ । 

प्रतिष्ठानले नेटवर्क एजुकेसन एकेडेमीको सहकार्यमा कक्षा सञ्चालन गर्न लागेको हो । यस कार्यक्रमबाट देशभरका दुई हजारभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १ : ५२ बजे

परदेशको लाखमा लोभिँदा छुट्यो आमाको काख 

अग्लाअग्ला महलहरू सहरको त्यो गुञ्जायमान आवाज मानिसहरूको चहलपहल हेर्दा त

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी