वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग « Khabarhub

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण जाँचको रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको गुनासो बढ्दै गएको छ । भोजपुरबाट नसा तथा नाक–कान–घाँटीसम्बन्धी समस्या लिएर वीर अस्पताल आएका ७० वर्षीय एक जना बिरामीको जाँच रिपोर्ट नआउँदा उपचार नै रोकिएको छ ।

उनका आफन्तका अनुसार बिरामीको बोली लर्बरिएको छ भने घाँटीमा समस्या देखिएर मुखबाट र्‍याल चुहिने अवस्था छ । वीर अस्पतालमा उपचारका क्रममा नाक–कान–घाँटी रोग विशेषज्ञले सिटी स्क्यान गर्न सुझाव दिएका थिए । नसा रोग विशेषज्ञले एमआरआई गर्न भनेका थिए । तर, एमआरआईको रिपोर्ट आउन चार दिन लागेको र सिटी स्क्यानको रिपोर्ट पाँच दिनपछि मात्रै प्राप्त भएको आफन्तको भनाइ छ ।

रिपोर्ट ढिलो आएकै कारण चिकित्सकले उपचार सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । “जाँच त गरियो तर रिपोर्ट नआएसम्म डाक्टरले उपचार अगाडि बढाउन मिल्दैन भन्नुभयो,” बिरामीका एक आफन्तले भने, “दिनदिनै अवस्था बिग्रँदै जाँदा पनि रिपोर्टकै पर्खाइमा बस्नुपरेको छ ।”

आफन्तले एमआरआई र सिटी स्क्यान जस्ता जाँचमा सिकारु चिकित्सक तथा प्राविधिक खटाइएकाले रिपोर्ट समेत भरपर्दो नआएको आरोप लगाएका छन् । “संवेदनशील जाँचमा अनुभवी जनशक्ति नखटाउँदा बिरामीको ज्यानै जोखिममा पर्न सक्छ,” उनीहरूको भनाइ छ ।

केन्द्रीय अस्पतालमै यस्तो ढिलाइ र व्यवस्थापन कमजोरी देखिनु गम्भीर विषय भएको भन्दै सेवाग्राहीले छिटो र गुणस्तरीय जाँच सेवा सुनिश्चित गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ५२ बजे

रास्वपासँगको एकता भंग भएपछि कुलमानले उज्यालो नेपालको अध्यक्ष पद सम्हाल्दै 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि पूर्वमन्त्री कुलमान घिसिङले

रेशमखेतीको बिस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

काठमाडौं– कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौं–  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले कठिन परिस्थिति

कांग्रेसका ‘सात भाइ’ मा फुट, गोपालमान विशेष महाधिवेशनको पक्षमा

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर आन्तरिक विवाद चर्किँदै जाँदा

कांग्रेस विशेष महाधिवेशनको तयारी तीब्र (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी तीब्र बनाइएको छ। महामन्त्रीद्वय