वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग « Khabarhub

वीरमा एमआरआई र सिटी स्क्यानको रिपोर्ट पाँच दिनसम्म नआउँदा बिरामीको बिजोग


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वीर अस्पतालमा एमआरआई र सिटी स्क्यानजस्ता संवेदनशील तथा महत्वपूर्ण जाँचको रिपोर्ट आउन ढिलाइ हुँदा बिरामीहरू उपचारबाट वञ्चित हुनुपरेको गुनासो बढ्दै गएको छ । भोजपुरबाट नसा तथा नाक–कान–घाँटीसम्बन्धी समस्या लिएर वीर अस्पताल आएका ७० वर्षीय एक जना बिरामीको जाँच रिपोर्ट नआउँदा उपचार नै रोकिएको छ ।

उनका आफन्तका अनुसार बिरामीको बोली लर्बरिएको छ भने घाँटीमा समस्या देखिएर मुखबाट र्‍याल चुहिने अवस्था छ । वीर अस्पतालमा उपचारका क्रममा नाक–कान–घाँटी रोग विशेषज्ञले सिटी स्क्यान गर्न सुझाव दिएका थिए । नसा रोग विशेषज्ञले एमआरआई गर्न भनेका थिए । तर, एमआरआईको रिपोर्ट आउन चार दिन लागेको र सिटी स्क्यानको रिपोर्ट पाँच दिनपछि मात्रै प्राप्त भएको आफन्तको भनाइ छ ।

रिपोर्ट ढिलो आएकै कारण चिकित्सकले उपचार सुरु गर्न नसकेको उनीहरूको गुनासो छ । “जाँच त गरियो तर रिपोर्ट नआएसम्म डाक्टरले उपचार अगाडि बढाउन मिल्दैन भन्नुभयो,” बिरामीका एक आफन्तले भने, “दिनदिनै अवस्था बिग्रँदै जाँदा पनि रिपोर्टकै पर्खाइमा बस्नुपरेको छ ।”

आफन्तले एमआरआई र सिटी स्क्यान जस्ता जाँचमा सिकारु चिकित्सक तथा प्राविधिक खटाइएकाले रिपोर्ट समेत भरपर्दो नआएको आरोप लगाएका छन् । “संवेदनशील जाँचमा अनुभवी जनशक्ति नखटाउँदा बिरामीको ज्यानै जोखिममा पर्न सक्छ,” उनीहरूको भनाइ छ ।

केन्द्रीय अस्पतालमै यस्तो ढिलाइ र व्यवस्थापन कमजोरी देखिनु गम्भीर विषय भएको भन्दै सेवाग्राहीले छिटो र गुणस्तरीय जाँच सेवा सुनिश्चित गर्न अस्पताल प्रशासनको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  २ : ५२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर