देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई « Khabarhub

देश बनाउन श्रमदान आवश्यक : हर्कराज राई


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान (सुनसरी)- श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)ले नीति निर्माणका साथै देश समृद्ध बनाउन श्रमदान अनिवार्य रहेको बताएका छन् । आज इटहरी उपमहानगरपालिका–५ मा आयोजित पार्टीको सङ्गठन विस्तार कार्यक्रममा अध्यक्ष राई लोकतन्त्र, राष्ट्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबै नागरिक सचेत र एकजुट हुनुपर्नेमा जोड दिए ।

उनले भने, “श्रम, माटो र जनताको प्रत्यक्ष सहभागिताबाट मात्रै देशको निरन्तरता विकास र समृद्धि सम्भव हुन्छ ।” अध्यक्ष राई देशको समृद्धि हामीबीचको एकता र सहकार्यबाट हासिल हुने धारणा राखे । “जलेर खरानी भएको हाम्रो देश सबै मिलेर पुनःस्थापना गर्नुपर्छ । भावनामा बहकिएर होइन, देश र जनताको हितमा काम गर्ने, देश बनाउने र बचाउनेलाई आगामी निर्वाचनमा भोट दिनुहोस् ।”

आगामी फागुनमा हुने निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन सरोकार भएका निकायले विशेष योजनासहित आवश्यक समन्वय गर्नुपर्नेमा अध्यक्ष राईले जोड दिए । निर्वाचन नहुँदा देशको लोकतन्त्र अपहरणमा पर्ने खतरा रहेको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थाको मूल आधार आवधिक निर्वाचन भएकाले सबैले स्वस्थ सहभागिता जनाउनुपर्ने धारणा राखे ।

उनले भने, “भ्रष्टाचार, परम्परागत राजनीति र विदेशी प्रभावप्रति सचेत रहन आग्रह गर्दै देश विकासका लागि कलमले मात्र पनि हुँदैन, गैँटी र बेल्चा चलाउन पनि आवश्यक छ । म व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक हितका लागि काम गर्छु ।”

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ७ : २२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले