वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता : प्रचण्ड « Khabarhub

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता : प्रचण्ड


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक संकटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा उनले संसद् पुनःस्थापनाको पछाडि लाग्न नहुने र सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा चुनाव गराउन सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कम्युनिस्ट शक्तिबीच एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले वैचारिक दृष्टिकोण निकट रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको प्रष्ट पारे ।

मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास तथा जनताको पक्षमा कम्युनिस्टले काम गर्न सक्ने भएकाले उनीहरूलाई एकताबद्ध गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टी सहसंयोजक माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गरी जनताको समृद्धिका निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा तथा विश्वास बढेको बताए ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ९ : २३ बजे

वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्याङ्क सङ्कलन

चितवन– डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा

१२ किलो तौल घटेपछि चिन्नै गाह्रो, सोहेल खानलाई आखिर के भयो ?

बलिउडमा खान परिवारको नाम आउँदा सलमान खान र अरबाज खानको

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार