वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड « Khabarhub

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा विद्यमान राजनीतिक अस्थिरता र अन्योलता एवं आर्थिक सङ्कटको समाधानका लागि तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नुपर्ने बताएका छन् ।

काठमाडौंमा आज आयोजित कार्यक्रममा उनले संसद् पुनःस्थापनाको पछाडि लाग्न नहुने र सरकारले सबै राजनीतिक दललाई विश्वासमा लिएर भयरहित वातावरणमा चुनाव गराउन सबैपक्ष संवेदनशील हुनुपर्नेमा जोड दिए ।

कम्युनिष्ट शक्तिबीच एकता अहिलेको आवश्यकता भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले वैचारिक दृष्टिकोण निकट रहेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको प्रष्ट पारे ।

उनले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा, देश विकास तथा जनताको पक्षमा कम्युनिष्टले काम गर्न सक्ने भएकाले उनीहरूलाई एकताबद्ध गर्नुपर्ने विचार व्यक्त गरे ।

पार्टी सहसंयोजक माधवकुमार नेपालले मुलुकमा सुशासन कायम गरी जनताको समृद्धिका निम्ति आफ्नो पार्टी प्रतिबद्ध रहेकाले अहिले देशभर नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको भरोसा तथा विश्वास बढेको बताए ।

पार्टीका नेता नारायणकाजी श्रेष्ठले विचार, सिद्धान्त मिलेका दलहरू एकीकृत गर्दै वामपन्थी ध्रुवीकरणलाई अगाडि बढाइने जानकारी दिए । सो कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा गिरिराज केसी, ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी ९पूर्व मेयर, घोराही नगरपालिका०, आर।डी। यादव, पिताम्बर आचार्यलगायत छन् ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  १० : ३७ बजे

नयाँ बसपार्कमा यसरी गरियो विश्वकर्मा पूजा 

काठमाडौं– विश्वकर्मा बाबाको पूजाको अवसरमा काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा बस

वीरगञ्जमा भारतीय कारभित्र चार थान पेस्तोल बरामद

वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिका–१५ बास्तुबिहार चोकमा सशस्त्र प्रहरीले बेवारिसे

बुटवलमा विश्वकर्मा पूजाको रौनक, १५ सय बढी सवारीसाधन पूजा हुँदै (तस्बिरहरू)

काठमाडौं– विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले

चालु आवको दुई महिना : सरकारको आम्दानी भन्दा खर्च नौ अर्बले बढी

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले

प्रहरीले बरामद गरेको एक हजार ३१५ किलोग्राम गाँजा नष्ट

खोटाङ– जिल्ला प्रहरी कार्यालय खोटाङले महिनादिनअघि बरामद गरेको एक हजार