मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दुल्लाहीसँग वार्ता गरेको सूचना गलत : भारतीय विदेश मन्त्रालय « Khabarhub

मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दुल्लाहीसँग वार्ता गरेको सूचना गलत : भारतीय विदेश मन्त्रालय


२५ पुस २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले सोमालियाको विवादित क्षेत्र सोमालिल्याण्डलाई औपचारिक मान्यता दिनेबारे त्यहाँका शीर्ष नेतासँग वार्ता गरेको भन्ने सूचना झूठो भएको प्रस्ट पारेको छ । भारतीय विदेश मन्त्रालयको तथ्य चेकजाँच गर्ने निकायले सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमालिल्याण्डका राष्ट्रपति अब्दिरहमान मोहमद अब्दुल्लाहीसँग वार्ता गरेको भनी सूचना फैलिरहेको भन्दै विश्वास नगर्न आग्रह गरेको हो ।

मोदीले अब्दुल्लाहीसँग वार्ता गरेको भन्दै मिडिल ईस्ट २४ नामक अकाउन्टले सूचना सार्वजनिक गरेपछि विदेश मन्त्रालयले प्रष्टोक्ति दिएको हो । उक्त पोस्टमा संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकले सोमालिल्याण्डलाई मान्यता दिने तयारी गरिरहेको उल्लेख छ ।

विदेश मन्त्रालयले भारतस्थित राजदूतावासबाट सोमालियाले आफ्ना राजदूत फिर्ता बोलाएको भन्ने सूचना पनि मिथ्या रहेको जनाएको छ । सन् १९९१ मा सोमाली गृहयुद्धपछि सोमालिल्याण्डले स्वतन्त्रता घोषणा गर्दै पृथक सरकार सञ्चालन गर्दै आएको छ ।

हालै इजरायलले उक्त क्षेत्रलाई मान्यता दिएको समाचार सार्वजनिक भइरहेको छ । यसै सन्दर्भलाई जोडेर भारतले पनि उक्त क्षेत्रलाई मान्यता दिने भनी गलत सूचना प्रवाह भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार  ४ : ४८ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ