एप्सटिन फाइलमा नाम जोडिएका शक्तिशालीमाथि होला त कारवाही ? « Khabarhub

एप्सटिन फाइलमा नाम जोडिएका शक्तिशालीमाथि होला त कारवाही ?


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुख्यात बालयौन दुराचारी जेफ्री एप्सटिनसँग सम्बन्धित लाखौँ दस्तावेज सार्वजनिक भएसँगै यसमा मुछिएका शक्तिशाली व्यक्तिहरुमाथि कानुनी कारवाही हुन्छ कि हुन्न भन्ने प्रश्न उठेको छ । एप्सटिन दस्तावेजमा संसारका शक्तिशाली, धनाढ्य, प्रभावशाली व्यक्तिहरुको नाम जोडिएको छ ।

एप्सटिन फाइलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, अर्बपति धनाढ्यहरु इलोन मस्क, बिल गेट्स, रिचर्ड ब्रानसन, स्टिन टिस्च, सेर्गेई ब्रिनको नाम जोडिएको छ । त्यसबाहेक बेलायती पूर्वराजकुमार एण्ड्रियू, उनकी पूर्वपत्नी सारा फर्गुसन, बेलायतको माथिल्लो सदनका सांसद लर्ड मान्डेलसन, तिब्बती धर्मगुरु दलाई लामा, ट्रम्पका प्रभावशाली सल्लाहकार स्टिभ ब्याननको नाम पनि एप्सटिन फाइलमा आएको छ ।

त्यस्तै, अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिक, पूर्वराष्ट्रपति बिल क्लिन्टन, इजरायलका पूर्वप्रधानमन्त्री एहुद बाराक यस प्रकरणमा मुछिएका छन् । हाल स्वर्गीय भइसकेका वैज्ञानिक स्टिभन हकिङ, भाषशास्त्री नोम चोम्स्कीजस्ता स्वनामधन्य विद्वान पनि एप्सटिन प्रकरणमा मुछिएका छन् ।

अमेरिकी उपमहान्यायाधिवक्ता टोड ब्लान्चले एप्सटिनसँग सम्बन्धित ३५ लाख दस्तावेज सार्वजनिक गरेका हुन् । यी दस्तावेजमा २ हजार भिडियो र १ लाख ८० हजारभन्दा धेरै तस्बिर पनि समावेश छन् ।

हालै सार्वजनिक एपस्टिन दस्तावेज, तस्बिर र भिडियो हेर्दा विश्वका शक्तिशाली व्यक्तिहरु नैतिक रुपमा र कतिपय अवस्थामा यथार्थमै नाङ्गिएको देखिन्छ । यस प्रकरणमा मुछिएका कतिपय व्यक्तिले पद गुमाएका छन् । यही प्रकरणमा मुछिएका बेलायती राजकुमार एण्ड्रियूले शाही पद गुमाएका छन् ।

अहिले उनी राजकुमार एण्ड्रियूबाट केबल एण्ड्रियू माउन्टबेट्टेन विन्जरमा सीमित भएका छन् । त्यसैगरी, बेलायती माथिल्लो सदन हाउस अफ लड्र्सका सांसद लर्ड मान्डेलसनले पनि पदबाट राजीनामाको घोषणा गरिसकेका छन् ।

स्लोभाकियाका पूर्वविदेशमन्त्री एवम् हाल स्लोभाकिया प्रधानमन्त्री रोबर्ट फिकोका सल्लाहकार मिरोस्लाभ लायचाकले पनि राजीनामा दिएका छन् । यसै प्रकरणमा नाम जोडिएकी नर्वेको शाही परिवारकी युवराज्ञी मेट्टे मारिटेले सार्वजनिक माफी मागेकी छिन् । स्वीडेनकी वरिष्ठ कूटनीतिज्ञ जोआना रुबिनस्टीनले पद छाडेकी छिन् । नर्वेकी राजदूत मोना जूलले पनि पदबाट राजीनिामा दिएकी छिन् ।

तर, एप्सटिन फाइल्समा नाम जोडिएका कतिपय व्यक्तिहरुले त आफूले कुनै गलत काम नगरेको बारम्बार दोहोर्‍याइरहेका छन् । ‘कुन दिन/रात तिम्रो टापुमा सबैभन्दा खतरा पार्टी हुन्छ ?’ हुन्छ भनेर एप्सटिनलाई प्रश्न गरेका विश्वका धनाढ्य अर्बपति इलोन मस्कले आफ्नो नाम बदनाम गरिएको आरोप लगाएका छन् ।

आफ्नै स्वामित्वको सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मस्कले एप्सटिनसँग मिलेर गम्भीर अपराध गरेकाविरुद्ध हुने कानुनी कारवाहीप्रति आफू बढी चिन्तित रहेको जनाएका छन् । त्यसैगरी, रुसी यौनकर्मीसँग संसर्ग गरेर यौन रोगबाट संक्रमित भएको दाबी गरिएका अर्का अर्बपति धनाढ्य बिल गेट्सको सचिवालयले भने प्रमाणित र कुख्यात झूठो व्यक्तिको यस्तो दाबी पूर्ण रुपमा मिथ्या भएको जनाएको छ ।

त्यसैगरी अमेरिकी राष्ट्रपति ट्रम्पले पनि बारम्बार आफूले कुनै गल्ती नगरेको दाबी गर्दै आएका छन् । अर्बपति धनाढ्य रिचर्ड ब्रान्सनले पनि १२ वर्षअघि केही समारोहमा सम्पर्क भएपनि सामूहिक वा व्यवसायिक प्रयोजनका लागि मात्रै भएको जनाएको छ । त्यसैगरी, अमेरिकी वाणिज्य मन्त्रालयले पनि एप्सटिनसँग मन्त्री होवार्ड लुटनिक एप्सटिनसँगको सम्पर्क सीमित भएको भन्दै केही गल्ती नगरेको प्रष्ट्याएको छ । उता, दलाई लामाले पनि विज्ञप्ति निकालेर एप्सटिनसँग आफूले अहिलेसम्म भेट नगरेको जनाएका छन् ।

यता, एप्सटिनले शक्तिशाली व्यक्तिहरुका लागि बालिका तस्करी नगरेको अमेरिकी संघीय जाँचबुझ ब्यूरो एफबीआईले प्रष्ट्याएको छ । एप्सटिन आफैँ बालयौन दुर्व्यवहारमा संलग्न रहेपनि उनले अरु व्यक्तिका लागि भने कसैलाई मानव तस्करी नगरेको जनाएको हो । अमेरिकी न्याय मन्त्रालयको दस्तावेज अध्ययन गरी समाचार संस्था एपीले यस्तो पत्ता लगाएको हो ।

यसरी एप्सटिन फाइल्समा नाम मुछिएकै भरमा कसैमाथि कानुनी कारवाही हुने सम्भावना न रहेको जानकारहरु बताउँछन् । एप्सटिन फाइल्समा नाम आउनेबित्तिकै कसैलाई सोझै दोषी ठहर गर्न नमिल्ने अमेरिकाकी पूर्वसंघीय अभियोजक नेयामा रहमानी बताउँछन् । उनका अनुसार कुनै दस्तावेजमा उल्लेखित नामका कारण मात्रै कानुनी अभियोजन सम्भव हुँदैन । यसका लागि अभियोजकहरुले बयान लिनका लागि प्रत्यक्षदर्शीसम्म पहुँच पुर्‍याउन आवश्यक हुन्छ ।

तर, अमेरिकी महान्यायाधिवक्ताको कार्यालय भने यसो गर्ने अवस्थामा देखिँदैन । अमेरिकी टेलिभिजन सञ्जाल सीएनएनसँगको अन्तरवार्ताका क्रममा अमेरिकी उपमहान्यायाधिवक्ता ब्लान्चले एप्सटिनसँग सम्बन्धित विषयमा कसैमाथि काानुनी कारवाही गर्ने अवस्थामा आफूहरु नरहेको प्रष्ट्याएका छन् । उनले भनेका छन्, ‘म कुनै अनुसन्धानबारे टिप्पणी गर्न चाहन्न तर म यो चाहिँ के भन्छु भने जुलाई महिनामा न्याय मन्त्रालयले यो फाइलको जाँच गरेको थियो । मन्त्रालयले त्यहाँ हामीले कसैमाथि अभियोजन गर्नमिल्ने त्यस्तो केही छैन भनेको थियो ।’

‘हामीबाट केही गल्ती भए सारा संसारले हेर्नसक्छ ।’ उनले भनेका छन् । ब्लान्च एप्सटिन फाइल्समा आपत्तिजनक सामग्री रहेको स्वीकार गर्छन् । तर, यसैका आधारमा कानुनी अभियोजन गर्न नमिल्ने उनको भनाइ छ । ‘एप्सटिन र उनी आसपासका मान्छेले लिएका धेरै तस्बिरहरु भयावह छन्, तर सोही आधारमा हामीले कसैमाथि अभियोजन गर्न मिल्दैन ।’ उनले भनेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  ७ : ५७ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु