सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल « Khabarhub

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले बीमामा अवरोध आएकोमा दुःख प्रकट गरेका छन्।

काठमाडौँ ५ मा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने‚ ‘हामी हुँदा बीमा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।’

आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यावहारिक सुधार अघि बढाएर कानूनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे।

‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ’, उनले भने।

स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रियसभामार्फत कानून संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए ।
उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए।

विगतमा आफूले विकासका धेरै काम गरेको दाबी गरेका महामन्त्री पौडेलले चक्रपथ विस्तारको काममा दबाब दिन संसद्‌मा प्रस्ताव लानेदेखि दबाब यात्रासम्म गरेको र अहिले नतिजा देखिएको बताए।

उनले मेलम्चीको खानेपानी रिंगरोड बाहिर पनि जाने संयन्त्र बनाउनेदेखि चुहावट नियन्त्रणसम्मका काम भएको बताए।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ३८ बजे

कोप–३१ का लागि नेपालको पोजिसन पेपर तयार : मन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्र संघीय

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध