सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल « Khabarhub

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल


२६ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेलले बीमामा अवरोध आएकोमा दुःख प्रकट गरेका छन्।

काठमाडौँ ५ मा आज आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने‚ ‘हामी हुँदा बीमा कहीँ बन्द भएको थिएन,’ उनले भने, ‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन।’

आफू स्वास्थ्य तथा जनसंख्यामन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यावहारिक सुधार अघि बढाएर कानूनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिएपछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे।

‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ’, उनले भने।

स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रियसभामार्फत कानून संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए ।
उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए।

विगतमा आफूले विकासका धेरै काम गरेको दाबी गरेका महामन्त्री पौडेलले चक्रपथ विस्तारको काममा दबाब दिन संसद्‌मा प्रस्ताव लानेदेखि दबाब यात्रासम्म गरेको र अहिले नतिजा देखिएको बताए।

उनले मेलम्चीको खानेपानी रिंगरोड बाहिर पनि जाने संयन्त्र बनाउनेदेखि चुहावट नियन्त्रणसम्मका काम भएको बताए।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार  १० : ३८ बजे

सीमा विवादबारे परराष्ट्रमन्त्रीको भूमिकामा प्रश्न उठाइन् खुश्वुले

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्वु ओलीले भारतसँगको सीमा

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी