समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट) « Khabarhub

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ को समानुपातिकतर्फ हालसम्म ९९ लाख ७४ हजार २५ मत गणना भएको छ।

आयोगका अनुसार समानुपातिकतर्फ सबैभन्दा धेरै मत राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको छ। रास्वपाले ४८ लाख १ हजार २७२ मत पाउँदै पहिलो स्थानमा रहेको छ।

त्यसपछि नेपाली कांग्रेसले १६ लाख १३ हजार ४७० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ भने नेकपा एमाले ले १३ लाख ४४ हजार ८५८ मतसहित तेस्रो स्थानमा रहेको छ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टीले ७ लाख २९ हजार ९४१ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ । नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले ३ लाख ४० हजार ३४० मत प्राप्त गर्दै पाँचौँ स्थानमा पुगेको छ। यससँगै उक्त पार्टीले राष्ट्रिय दलको मान्यता पनि प्राप्त गर्ने भएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी ले ३ लाख १४ हजार ५३२ मत प्राप्त गरेको छ। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्र्तगत समानुपातिक तर्फको मतगणना जारी छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ११ : २१ बजे

विद्यार्थीलाई चोयाको सामग्री बनाउने सीप प्रदान

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

गण्डकी– गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । बैठक

घेरिएपछि रिसाएका ओलीले भने : विधिबाट अध्यक्ष बनेको हुँ, प्रतिवेदन र केन्द्रीय कमिटी बैठक पर्खौँ

काठमाडौँ– फागुन २१ को निर्वाचनपछि पहिलोपटक बसेको एमालेको सचिवालय बैठक

बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि, दलका नेताहरूले सम्बोधन गर्ने

बागमती– बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । बैठक

नेपाली गीतका यी दुर्लभ रेकर्ड : करोड क्लबमा बालेनदेखि मेलिनासम्म

काठमाडौं – नेपाली गीतको रकेर्ड खोज्दा ‘कुटुमा कुटु’ छुट्दै छुट्दैन