भारतमा सवारी साधनको खुद्रा बिक्रीमा ठूलो वृद्धि « Khabarhub

भारतमा सवारी साधनको खुद्रा बिक्रीमा ठूलो वृद्धि


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको सवारी साधनको खुद्रा बिक्रीमा फेब्रुअरी महिनामा २५.६% को ठूलो वृद्धि भएको छ। अटोमोबाइल्स डिलरहरूको छाता संगठनका अनुसार गत सेप्टेम्बरमा सरकारले गरेको कर कटौती र विवाहको लगनका कारण दुई पाङ्ग्रे तथा यात्रीवाहक सवारी साधनको माग ह्वात्तै बढेको हो।

अमेरिकाले लगाएको कडा भन्सार शुल्कपछि आन्तरिक खपत बढाउन भारत सरकारले सवारी साधनमा कर घटाएको थियो, जसको सकारात्मक प्रभाव अहिले बजारमा देखिएको छ। तथ्याङ्कअनुसार फेब्रुअरीमा दुई पाङ्ग्रे सवारीको बिक्री २५% र यात्रीवाहक सवारीको बिक्री २६.१% ले बढेको छ।

नयाँ मोडलहरूको सार्वजनिक, मूल्यमा दिइएको छुट र ग्रामीण क्षेत्रमा बढेको मागले यस वृद्धिलाई थप बल पुर्‍याएको छ। डिलर एशोसिएसनका अध्यक्ष सी.एस. विग्नेश्वरले कर कटौतीको प्रभाव दीर्घकालीन हुने र आउँदा केही त्रैमासिकसम्म यो वृद्धि कायम रहने विश्वास व्यक्त गरेका छन् ।

मार्च महिनामा पनि चाडपर्व र आर्थिक वर्षको अन्त्यका कारण बिक्री अझै बढ्ने डिलरहरूको अपेक्षा छ। यद्यपि, केही विशिष्ट मोडलहरूको आपूर्तिमा भने अझै केही समस्या देखिएको छ।

मध्यपूर्वमा जारी युद्धका कारण सवारी साधनको ढुवानी (लजिस्टिक) मा अहिलेसम्म कुनै प्रत्यक्ष असर नपरेको र शोरुमहरूमा गाडी मौज्दात रहने अवधि समेत घटेर २७–२९ दिनमा झरेको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ५ : ५६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन