भारत र फिनल्याण्डबीच प्रवासन तथा गतिशीलता साझेदारी सम्झौता « Khabarhub

भारत र फिनल्याण्डबीच प्रवासन तथा गतिशीलता साझेदारी सम्झौता


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फिनल्याण्डका राष्ट्रपति अलेक्जेन्डर स्टबबीच प्रवासन तथा गतिशीलता साझेदारी सम्झौता सम्पन्न भएको छ। प्रधानमन्त्री मोदीले फिनल्याण्डलाई भारतीय प्रतिभाहरूका लागि एक उत्कृष्ट गन्तव्यको रूपमा वर्णन गर्दै यो सम्झौताले विद्यालय र उद्योगबीचको दूरी कम गर्ने बताएका छन् ।

विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स एआई, ६जी र क्वान्टम कम्प्युटिङ जस्ता उच्च प्रविधियुक्त क्षेत्रमा स्टार्टअप र संयुक्त अनुसन्धानलाई प्रोत्साहन गर्ने यस सम्झौताको मुख्य लक्ष्य रहेको छ। आर्थिक वर्ष २०२६ को अप्रिल-डिसेम्बर अवधिमा दुई देशबीचको व्यापार १९ प्रतिशतले बढेर करिब १.५२ अर्ब डलर पुगेको छ ।

भारतको निर्यात क्षमतामा भएको वृद्धिका कारण व्यापार घाटा उल्लेख्य रूपमा घटेर ३०० देखि ४०० मिलियन डलरमा सीमित भएको छ। भारतबाट फिनल्याण्डतर्फ हुने निर्यातमा हाई-टेक रसायन, औषधि र पानीजहाजको हिस्सा ठूलो रहेको छ भने भारतले फिनल्याण्डबाट औद्योगिक प्रविधि र इलेक्ट्रोनिक पार्टपुर्जाहरू आयात गरिरहेको छ।

सन् २०२६ को सुरुवातमै भएको भारत-यूरोपियन युनियन स्वतन्त्र व्यापार सम्झौताले भन्सार अवरोधहरू कम गर्दै द्विपक्षीय व्यापारलाई आगामी वर्षहरूमा दोब्बर बनाउने लक्ष्य राखेको छ । २० वटा फिनिस कम्पनीहरूको टोलीसहित भारत भ्रमणमा रहनुभएका राष्ट्रपति स्टब र प्रधानमन्त्री मोदीले यो साझेदारीलाई ‘स्वर्ण युग’ को संज्ञा दिएका छन् ।

यसका साथै दुई देशबीच आर्कटिक अनुसन्धान र ‘ग्रीन ग्रोथ’ कोरिडोर विस्तार गर्ने विषयमा समेत नयाँ सहमतिहरू भएका छन् । यसले विश्वव्यापी विकास र नवप्रवर्तनमा बलियो आधार प्रदान गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ६ : ०१ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका