ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लागेका पाकिस्तानी यसो भन्छन् « Khabarhub

ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लागेका पाकिस्तानी यसो भन्छन्


२५ फाल्गुन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने षड्यन्त्र रचेको आरोप लागेका एक पाकिस्तानी व्यवसायी आसिफ मर्चेन्टले आफूलाई इरानी सरकारले सो कार्यका लागि बाध्य पारेको बयान दिएका छन् । ब्रुकलिन संघीय अदालतमा बुधबार आफ्नो प्रतिरक्षामा गवाही दिँदै ४७ वर्षीय मर्चेन्टले इरानको रिभोलुसनरी गार्ड कोरले तेहरानमा रहेका आफ्ना परिवारलाई मार्ने धम्की दिएकाले मात्र आफू यस योजनामा सहभागी भएको दाबी गरे ।

उर्दू अनुवादकमार्फत बोल्दै उनले आफ्नो इच्छाले नभई डरका कारण इरानी अधिकारीहरूको निर्देशन मानेको बताए । मर्चेन्टले सन् २०२४ मा अमेरिका आएर विरोध प्रदर्शन गर्ने, कागजात चोर्ने, सम्पत्ति शुद्धीकरण गर्ने र हत्याको प्रबन्ध मिलाउने गरी चारवटा योजना कार्यान्वयन गर्न इरानी अधिकारीले खटाएको बताए ।

उनका अनुसार इरानी पक्षले ट्रम्प, वर्तमान राष्ट्रपति जो बाइडेन र निक्की हेलीलाई सम्भावित निशानाको रूपमा नाम लिएका थिए। तर, मर्चेन्टले हत्याका लागि ५ हजार डलर एडभान्स दिएका व्यक्तिहरू वास्तवमा एफबीआईका गुप्तचर एजेन्टहरू थिए, जसले उनको सबै कुराकानी गोप्य रूपमा रेकर्ड गरिरहेका थिए ।

सरकारी अभियोजनकर्ताहरूले भने मर्चेन्टको “दबाबमा परेको” दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनी एक आतंकवादी संगठनसँग मिलेर काम गरिरहेको कुरामा सचेत रहेको र होटलको कोठामा बसेर हत्याको नक्सा तयार गरिरहेको भिडियो प्रमाण आफूहरूसँग रहेको अभियोजन पक्षको भनाइ छ ।

मर्चेन्टलाई सन् २०२४ जुलाई १२ मा टेक्सासबाट पक्राउ गरिएको थियो। यो मुद्दाको सुनुवाइ भइरहँदा हालै अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा सर्वोच्च नेता खामेनी र हत्या योजनाका मुख्य नाइके मानिएका इरानी अधिकारी मारिएको पेन्टागनले जनाएको छ।

प्रकाशित मिति : २५ फाल्गुन २०८२, सोमबार  ६ : ०६ बजे

सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न टेलिकमलाई सञ्चारमन्त्रीको निर्देशन

काभ्रेपलाञ्चोक – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाल टेलिकमका

टिकटकमा राजेश हमालका नाममा फेक अकाउन्ट, भ्रममा नपर्न आग्रह

काठमाडौं – अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग

पौडीमा चार राष्ट्रिय कीर्तिमान, बागमतीलाई नौ स्वर्ण पदक

कर्णाली – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज दोस्रो दिन पौडीमा

बालिकामाथि बलात्कारको आरोपमा ससुरा पक्राउ, कुटपिट गर्ने छोरा पनि समातिए

विराटनगर – मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

एआई लगानीप्रति बढ्दो चिन्ता, विश्व सेयर बजारमा तरङ्ग

हङकङ – अमेरिकी सेयर बजारमा कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धित कम्पनीका