सोमबारदेखि आठौँ भाषा प्रशिक्षण सुरु हुने « Khabarhub

सोमबारदेखि आठौँ भाषा प्रशिक्षण सुरु हुने


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पर्यटन व्यवसायीलाई लक्षित गर्दै आठौँ चिनियाँ भाषा कक्षा सोमबारदेखि सुरु हुने भएको छ ।

नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को सहकार्यमा सोमबारदेखि चिनियाँ भाषा सुरु हुन लागेको हो ।

नेपाल पर्यटन वोर्डमा आयोजित पत्रकार सम्मेलनमा ८० जना पर्यटन व्यवसायी तथा सरकारी कर्मचारीलाई चिनियाँ भाषा कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिइएका हो ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड सञ्चालक समितिका अध्यक्ष एवम् पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले चिनियाँ भाषा प्रशिक्षण कार्यक्रमले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने बताए । उनले भाषा अभिव्यक्तिको माध्यम मात्र नभई संस्कृति र जनताबीचको पुल भएको उल्लेख गरे । पर्यटन विस्तार र अन्तर्राष्ट्रिय सम्बन्ध प्रवद्र्धनमा भाषाको योगदान महत्वपूर्ण भएको उनको भनाइ थियो ।

नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले नेपाल प्राकृतिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मुलुक भएकाले चिनियाँ पर्यटकको प्रमुख रोजाइको गन्तव्य नेपाल बनेको बताए ।

अप्रिल महिनामा मात्रै ११ हजारभन्दा बढी चिनियाँ पर्यटक नेपाल आएको उनको भनाइ थियो । ‘चिनियाँ भाषा तालिम कार्यक्रम चीन–नेपाल जनस्तरीय आदानप्रदानको महत्वपूर्ण कार्यक्रम बनेको छ,’ उनले भने ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले चिनियाँ भाषा प्रशिक्षणले पर्यटन क्षेत्रका जनशक्तिलाई व्यावसायिक रूपमा सक्षम बनाउने विश्वास व्यक्त गरे ।

नेपाल–चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का प्रमुख हरिशचन्द्र साहले सन् २०१६ देखि सुरु भएको प्रशिक्षण कार्यक्रमको आठौँ संस्करणसम्म आइपुग्दा २८० भन्दा बढी पर्यटन व्यवसायीले चिनियाँ भाषा प्रशिक्षण प्राप्त गरिसकेको जानकारी दिए ।

प्रशिक्षण कक्षा यहीवैशाख २८ गते सोमबारदेखि सुरु हुनेछ । कक्षा भने बेलुका ५ देखि ७ बजेसम्म हुने नेपाल पर्यटन वोर्डले जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : १२ बजे

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको