कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै « Khabarhub

कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मुुस्ताङ– उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिकाको चालु अर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो ।

कोरलानाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरलानाकामा त्रिपाल टाँगेर व्यापार व्यवसाय चलाएका स्थानीय व्यापारी, कोरलानाका अवलोकनमा गएका पर्यटक तथा कोरलानाकाबाट आयाता/निर्यात गर्ने व्यापारी तथा चालकलाई निकै ठूलो समस्या पर्दैआइरहेको थियो । स्थानीय व्यापारी, पर्यटक र कोरलानाकाबाट आयात/निर्यात गर्ने व्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यसप्रकारको अग्रसरता देखाएको हो ।

कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा व्यापार व्यवसाय गर्ने, कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने व्यापारी लाभान्वित हुने बताए ।

विगतका वर्षमा पनि कोरलानाकामा बोरिङमार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसकेपनि यसपटक खानेपानीको योजनाले मूर्तरूपमा पाएको अध्यक्ष गुरुङले बताए ।

खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको बताए ।

कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिए ।

कन्ट्रक्सनले कोरलनाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ ।

यसअघि नेपाल–चीन कोरलानाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा त्यहाँका व्यापारी तथा पर्यटकलाई निकै ठूलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा त्यहाँका व्यापारी तथा पर्यटकले खानेपानी तथा शौचालयन नभएको गुनासो गर्ने गरेका थिए ।

कोरलानाका स्थित २४ नम्बर सीमास्तम्भको दशगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाभित्रका करिव ८० भन्दा त्रिपाल व्यवसायीले चिनिया समान बिक्री गर्न बसेका छन् । कोरलानाका खुलेको दुई वर्ष बढी बितिसक्दा नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन ।

कोरलानाकाका त्रिपाल व्यापारीले कोरलानाकादेखि यता उत्तर लोमान्थाङ–२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजनाअघि बढेसँगै कोरलानाकाका व्यापारीहरु खुसी भएका छन् । (रासस)

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : २२ बजे

तराईमा बढेको धार्मिक तनावप्रति नागरिक समाजको चिन्ता, सद्भाव कायम गर्न अपिल

काठमाडौँ – तराईका केही जिल्लामा हिन्दू-मुस्लिम समुदायबीच देखिएको द्वन्द्वप्रति चिन्ता

रसुवागढी हुँदै कैलाश मानसरोवर जानेको चाप (तस्बिर)

रसुवा– रसुवागढी नाका प्रयोग गरेर एक वर्षमा साढे १३ हजार

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान