कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल « Khabarhub

कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कर्णाली– कर्णाली प्रदेश सरकारले यहाँ स्थानीय तह तथा जिल्ला समन्वय समितिका जनप्रतिनिधिहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा छलफल गरेको छ । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश कार्यक्रम सहयोग एकाइद्वारा आज सुर्खेतमा वीरेन्द्रनगरमा आयोजित ‘जिसस महासङ्घ, नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घहरूसँग अन्तरसरकार सम्बन्धका सवालमा समन्वय बैठक’मा छलफल गरिएको हो । 

उक्त छलफलमा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समान बुझाइका आधारमा अगाडि बढ्ने प्रयास, चासो, सहयोगका लागि समन्वय तथा सहकार्य गर्ने उद्देश्य राखेर तीन तहका महासङ्घसँगका पदाधिकारी तथा सदस्यहरूसँग सुझाव लिन छलफल गरिएको बताए।  

उनले भने, ‘नीति र व्यवस्थामा भएका कुरा तथा कार्यान्वयनमा देखिएका समस्याका विषयमा छलफल गर्न समन्वय बैठक गरिएको हो । विद्यमान त्रुटि सुधारको प्रयासमा हामी छौँ । संविधान मुताविकको काम सबै सरकारले गर्नुपर्दछ । स्थानीय तहसँग प्रत्यक्ष सम्बन्ध राख्ने कानून निर्माण गर्दा सहकार्य गरेर अगाडि बढ्न, संविधानतः समन्वय, सहकार्य र सहअस्तित्व मूल मर्मलाई पछ्याउन र भएका समस्या समाधानका लागि प्राविधिक तथा व्यवहारिक आधारमा छलफल चलाउनुपर्दछ ।’ 

छलफलमा जिल्ला समन्वय समितिलाई कामयावी बनाउनुपर्ने, सदस्यहरूको सेवासुविधा हेरफेर गर्नुपर्ने, स्थानीय तहको राजस्व संकलन र बाँडफाँड, स्थानीय तहमा भइरहेको नदीजन्य पदार्थको उत्खनन, संकलन तथा निकासीका लागि निर्माण गर्नुपर्ने कानुन, प्रदेशबाट सञ्चालित योजनाहरूको कार्यान्वयन तथा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३-०८४को नीति तथा कार्यक्रमले तय गर्ने बजेट र योजनाका बारेमा छलफल भएको थियो । 
 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  १ : ५७ बजे

वामपन्थी एकता अत्यन्त आवश्यक भइसक्यो : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ

चितवनका तीन सांसद रास्वपाका केन्द्रीय पदाधिकारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट चितवनका तीन

रक्तसञ्चार केन्द्रलाई १५ लाखको उपकरण सहयोग

ढोरपाटन– बागलुङ सेवा समाज अमेरिकाले रक्तसञ्चार केन्द्रलाई १५ लाख रुपैयाँको जेनेरेटर

जेन-जी आन्दोलनपछि पहिलो पटक चार वामपन्थी पूर्वप्रधानमन्त्री एकै मञ्चमा

काठमाडौं- भदौ २३ र २४ गते देशमा भएको जेन-जी आन्दोलनपछि

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण