मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो « Khabarhub

मनास्लुको फेदीमा हीरक महोत्सव मनाइयो


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

गोरखा– मनास्लु हिमाल पहिलो पटक आरोहण गरेको स्मरणमा हीरक जयन्ती मनाइएको छ । जिल्लाको चुमनुब्री गाउँपालिका-१ सामागाउँमा अवस्थित आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहणको अवसरमा हीरक जयन्ती मनाइएको हो । 

चुमनुब्री गाउँपालिकाको आयोजना तथा मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप), नेपाल पर्वतारोहण सङ्घ, ट्रेकिङ एजेन्सिज एशोएसन (टान) लगायत संस्थाको सहआयोजनामा आज यहाँ हीरक जयन्ती मनाइएको हो । 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हीरक जयन्तीको उद्‌घाटन गर्दै यो पर्यटन प्रवर्द्धनमा एक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको बताए।

सो अवसरमा मनास्लुको प्रथम आरोही जापानी नागरिक तोसीयो इमानिसी र उर्गेन छिरिङ शेर्पाको सालिक अनावरण गरिएको छ । मुख्यमन्त्री पाण्डे, गाउँपालिकाका अध्यक्ष निमा लामाले जापानी आरोहीका छोरा कुनियो इमानिसी, नाति रसोयुके इमानिसीलाई प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरे । साथै सामागाउँका प्रथम आरोही मिङ्मार छिरिङ लामा, नाङ्स्याल छेदेन र डिकी लामालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा भोटेलामा समुदायको सांस्कृतिक सेर्का नाच तथा अन्य सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । विश्वको आठौँ, नेपालको सातौँ अग्लो मनास्लु हिमाल प्रथम पटक सन् १९५६ मे ९ तारिखमा तोसियो इमानिसी र नेपाली नागरिक उर्गेन छिरिङ शेर्पाले सफल आरोहण गरेका थिए।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  २ : ५३ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण