दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल « Khabarhub

दुई तिहाइ वा महाअभियोगको डर र प्रभावमा न्याय सम्भव छैन : कामु प्रधानन्यायाधीश मल्ल


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले डर र प्रभावमा न्याय सम्भव नरहेको बताएकी छिन् । कानून दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुई तिहाइ सरकारको अथवा महाअभियोगको भयबाट न्यायाधीशहरु मुक्त हुनुपर्ने धारणा राखिन् ।

‘डर र प्रभावमा न्याय सम्भव छैन,’ उनले भनिन्, ‘चाहे त्यो दुई तिहाइ सरकारको डर नै किन नहोस्। चाहे त्यो महाभियोगको डर नै किन नहोस्।’

कार्यक्रममा उनले विधि र वैधानिक परम्पराको हत्या गरेर हुने स्वार्थप्रेरित कार्यबाट निरंकुशताको झल्को दिने बताइन् । उनले संरचना भत्काएर परिवर्तन खोज्दा सत्तामा रहनेको धित मरेपनि विधिको अपेक्षा राख्नेहरूको सपना भंग हुने टिप्पणी गरिन् ।

उनले औचित्यको नाममा विधिलाई तलमााथि गर्ने कार्य विधिको शासनमा विश्वास गर्नेहरुका लागि असह्य हुने बताइन् ।

कार्यक्रममा उनले न्यायपालिका संविधानको स्पिरिट र सरकारको स्पिडमा चल्ने बताउँदै यसका लागि न्यायपालिकालाई स्रोत साधनले सम्पन्न बनाउनुपर्ने धारणा राखिन् ।

सम्बोधनका क्रममा मल्लले प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता र न्यायिक सार्वभौमसत्तालाई शिथिल बनाएर ‘आज्ञाकारी न्यायपालिका’ बनाउने प्रयास भइरहेकोमा आशङ्का व्यक्त गरिन् । उनले न्यायलाई प्रतिस्थापन गर्न धम्काउने र तर्साउने दुष्प्रयास भए त्यसले अनित्यता निम्त्याउने चेतावनी दिइन् ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ५ : २९ बजे

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३

बिहार उपनिर्वाचन: भाजपाको ३० वर्ष पुरानो किल्लामा, प्रशान्त किशोर विजयी

काठमाडौँ – भारतको बिहारस्थित बाँकीपुर विधानसभा सिटमा जन सुराज पार्टीका

कागजात प्रमाणीकरणका लागि ‘नेपाल ई-प्रमाणीकरण प्रणाली’ सुरु हुँदै

काठमाडौँ – परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभागले कागजातको कन्सुलर प्रमाणीकरण