विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत « Khabarhub

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको छ । 

विधान सभामा विदुथलाई चिरूथाइगल (भिसिके)ले तामिलगा भेट्री कझागम (टिभिके) प्रमुख जोसेफ विजय (विजय थलापति) लाई समर्थन प्रदान गर्ने आफ्नो आधिकारिक घोषणासँगै राज्य सरकार गठनको अनिश्चितता टुङ्गिएको छ। 

टिभिके प्रमुख विजयले ११६ विधायकका साथ विगत तीन दिनदेखि सत्ता समिकरणका लागि राजभवनको यात्रालाई निरन्तरता दिएका थिए । 

उनले बहुमतका लागि थप दुई विधायकको जोहो गर्न नसक्दा तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले राज्य सरकार गठनका लागि उनलाई औपचारिक आह्वान गरेका थिएनन् । 

शनिबार विसिकेले आधिकारिक रूपमा टिभिके प्रमुख विजयलाई समर्थन गर्ने घोषणा गरेको छ। 

कलाकारबाट राजनीतिमा आएका विजयलाई आइयुएमएलका दुई विधायकले पनि समर्थन गरेका छन् । यससँगै टिभिकेले राज्य विधानसभामा बहुमतको ११८ सदस्यको जादुई आँकडा पार गरेको छ । 

वीसीके अध्यक्ष थोल थिरुमावलवनले टिभिकेका महासचिव आधव अर्जुनलाई समर्थनपत्र हस्तान्तरण गरिसकेको बताएका छन् ।

तमिलनाडुमा २३४ सदस्यीय विधानसभामा बहुमतका लागि ११८ सिट आवश्यक छ भने टिभिकेले १०८ सिट पाएको छ । कांग्रेसका पाँच, भारतीय कम्युनिष्ट पार्टी (सिपिआ) का दुई, भारतीय कम्युनिष्ट पार्टी–माक्र्सवादी (सिपिएम) का दुई र भिसिकेका दुई विधायकको समर्थनमा टिभिके गठबन्धनको सङ्ख्या १२१ पुगेको छ । 

तर, विजय दुई सिटबाट विधायक भएकाले उनको एक सिटको मतदानमा कुनै अर्थ नरहने हुँदा उनको सत्ता समीकरणमा १२० सदस्यको समर्थन रहनेछ । अब भने विजयको नेतृत्वमा तमिलनाडुमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।
 

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ७ : ०७ बजे

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा सैनिक कारबाहीमा ५० जिहादी लडाकुको मृत्यु

एजेन्सी– नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी

मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ

काठमाडौं– सहकारी ठगीको आरोपमा मञ्जुश्री सेभिङ एण्ड क्रेडिट कोअप्रेटिभ लिमिटेडका

आवासको हकलाई सरकारले सम्मान गर्नुपर्छ : अध्यक्ष राई

बागमती– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले संविधानले सुरक्षित

विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत

एजेन्सी– तमिलनाडुमा सरकार गठनका लागि शक्ति सङ्घर्ष शनिबारदेखि समाप्त भएको