पाकिस्तानमा पत्रकारिता क्षेत्र सङ्कटमा : आईएफजेको प्रतिवेदन « Khabarhub

पाकिस्तानमा पत्रकारिता क्षेत्र सङ्कटमा : आईएफजेको प्रतिवेदन


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे) ले पाकिस्तानको प्रेस स्वतन्त्रतासम्बन्धी नयाँ प्रतिवेदन सार्वजनिक गरेको छ । सन् २०२५-२६ को यो प्रतिवेदनले पाकिस्तानमा पत्रकारिता क्षेत्र गम्भीर सङ्कटमा परेको देखाएको छ । त्यहाँ मिडियामाथि सरकारी दमन र आर्थिक चुनौती निकै बढेको छ ।

प्रतिवेदनका अनुसार पाकिस्तान सरकारले कडा कानुनमार्फत सञ्चार माध्यममाथि निगरानी बढाएको छ । ‘भ्रामक समाचार’ नियन्त्रण गर्ने बहानामा पत्रकारहरूलाई निसाना बनाइएको छ । केही पत्रकारहरूलाई आतंकवाद अदालतले जन्मकैदको सजायसमेत सुनाएको छ । नयाँ साइबर अपराध अनुसन्धान निकायले पत्रकारका कार्यालयमा छापा मार्ने र डिजिटल प्लेटफर्महरू बन्द गर्ने काम गरिरहेको छ ।

गत एक वर्षमा पाकिस्तानमा पत्रकारहरूमाथि आक्रमण र हिंसाका घटना धेरै भएका छन् । यस अवधिमा कम्तीमा तीन जना पत्रकारको हत्या भएको छ। पत्रकार संगठनका कार्यालयमा छापा मारिएका छन् । राजनीतिक दलका कार्यकर्ताहरूले पनि पत्रकारमाथि कुटपिट गरेका छन् । केही पत्रकारको घरमा गोली प्रहार समेत भएको छ ।

सरकारले आफ्नो आलोचना रोक्न मिडियालाई दिइने विज्ञापन रोक्ने गरेको छ। ‘डन मिडिया ग्रुप’ लाई दिइने विज्ञापन पूर्ण रूपमा बन्द गरिएको छ । यसले गर्दा मिडिया उद्योगमा आर्थिक सङ्कट चुलिएको छ । पत्रकारहरूले समयमै तलब पाएका छैनन्। धेरै सञ्चारमाध्यमबाट कर्मचारी कटौती गरिएको छ। यसले पत्रकारिताको स्वतन्त्रतालाई कमजोर बनाएको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ३ : १५ बजे

तरकारी छाडेर फूलखेतीमा रमाउँदै कमला

बागलुङ– बागलुङ नगरपालिका–१ रामरेखाको मैनडाँडाकी कमला थापाको पछिल्ला दिनमा परिचय

भारतीय विदेश सचिव मिश्रीले आज प्रधानमन्त्री शाहलाई भेट्दै

काठमाडौँ– नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले आज

राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशमा खेलाडी छनोट

कास्की– दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशले खेलाडी छनोटलगायत

पश्चिमी वायुको आंशिक प्रभाव, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘पहिला हिमाल देख्दा गौरव लाग्थ्यो, आजकल खतरा महसुस हुन्छ’

मेरो नाम छेतेन ग्याल्पो हो। म रसुवाको स्याफ्रुबेंसीको स्थानीय बासिन्दा