एमनेस्टी इन्टरनेशनलद्वारा बेपत्ता पारिएका पाकिस्तानी अधिकारकर्मीहरूको अवस्था सार्वजनिक गर्न माग « Khabarhub

एमनेस्टी इन्टरनेशनलद्वारा बेपत्ता पारिएका पाकिस्तानी अधिकारकर्मीहरूको अवस्था सार्वजनिक गर्न माग


२६ बैशाख २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले पाकिस्तान सरकारसँग बेपत्ता पारिएका अधिकारकर्मीहरूको अवस्था तुरुन्त सार्वजनिक गर्न माग गरेको छ। पश्तुन तहफुज मुभमेन्ट (पीटीएम) का सदस्यहरू हानिफ पश्तिन र नूरुल्लाह तारिन सन् २०२५ नोभेम्बर १२ देखि बेपत्ता छन् । उनीहरूलाई पाकिस्तानको पेसावरबाट नियन्त्रणमा लिइएको थियो।

त्यस दिन उनीहरू प्रान्तीय सभाको एउटा बैठकमा सहभागी हुन गएका थिए । बैठकमा आफ्ना कुरा राख्न नपाएपछि उनीहरूले कार्यक्रम बहिस्कार गरेका थिए । सभा भवनबाट बाहिरिने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । प्रत्यक्षदर्शीका अनुसार प्रहरीले उनीहरू सहित टोलीका सात सदस्यलाई गाडीमा हालेर लगेको थियो ।

पक्राउ परेका सात जनामध्ये पाँच जनालाई सन् २०२६ जनवरी १८ मा पञ्जाबको एउटा जेलबाट मुक्त गरिएको थियो । तर हानिफ पश्तिन र नूरुल्लाह तारिन अझै पनि बेपत्ता छन् । उनीहरू कहाँ छन् र कुन अवस्थामा छन् भन्ने कुरा सरकारले गोप्य राखेको छ । उनीहरूका परिवारले यसबारे कुनै आधिकारिक जानकारी पाएका छैनन् ।

२८ वर्षीय हानिफ पश्तिन पीटीएमका केन्द्रीय सदस्य हुन् । ५० वर्षीय नूरुल्लाह तारिन सिन्ध प्रान्तका संयोजक हुन् । पीटीएमले पश्तुन समुदायमा हुने गैरन्यायिक हत्या र बेपत्ता पार्ने कार्यविरुद्ध शान्तिपूर्ण रूपमा आवाज उठाउँदै आएको छ । पाकिस्तान सरकारले सन् २०२४ अक्टोबरमा यो संस्थामाथि प्रतिबन्ध लगाएको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८३, शनिबार  ३ : १५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी