तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई « Khabarhub

तेलको जहाजमा अमेरिकी मिसाइल हमला, ओमानको सहयोगमा बचाइयो २४ भारतीयलाई


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

ओमान- ओमानको समुद्री क्षेत्रमा एमटी मेरिवेक्स नामक तेल ट्यांकरमा भएको अमेरिकी मिसाइल हमलापछि त्यसमा सवार २४ भारतीय क्रू सदस्यहरूलाई सुरक्षित बचाइएको छ।

भारतीय तटरक्षक बल (आईसीजी) ले बताएअनुसार उद्धार अपरेशन ओमान नौसेनाको सहयोगमा सम्पन्न भएको थियो।

भारतीय तटरक्षक बलले सोमबार ओमान सर्च एन्ड रेस्क्यू रिजन (एसआरआर) मा एमटी मेरिवेक्समा मिसाइल हमलाको सूचना आएपछि मुम्बईस्थित मेरिटाइम रेस्क्यू कोअर्डिनेसन सेन्टर (एमआरसीसी) सक्रिय भएको जनाएको छ।

एमआरीसी मुम्बईले तुरुन्तै ओमानको समुद्री एजेन्सी ओएमएससीसँग समन्वय स्थापित गरेको थियो।

त्यसपछि ओमान नौसेनाको हेलिकप्टरको सहयोगमा जहाजमा फसेका सबै २४ भारतीय क्रू सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो।

उता इरानलाई जुनको अन्त्यसम्म अमेरिकासँग सम्झौताको आशा रहेको समाचार आएको छ।

अमेरिका र इरानबीच जारी वार्ता जुनको अन्त्यसम्म कुनै निष्कर्षमा पुग्न सक्ने अनुमान गरिएको छ।

संयुक्त राष्ट्रमा इरानका राजदूत अमिर सईद इरावानीले दुवै देशबीच वार्ता जारी राखेर समाधानमा पुग्ने प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : २२ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल