पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता « Khabarhub

पाकिस्तान र लेबनानका सेनाप्रमुखको भेटवार्ता


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानी र लेबनानी सशस्त्र सेनाका प्रमुखहरूबीच मङ्गलबार भेटवार्ता भएको छ । पाकिस्तानमा भएको भेटवार्ताका दुई सेनाप्रमुखबीच क्रममा मध्यपूर्वमा शान्ति स्थापनाका लागि थप सहयोग बढाउन सहमती भएको जनाइएको छ । पाकिस्तानले लामो समय देखि चलिरहेको द्वन्द्व अन्त्य गर्न संयुक्त राज्य अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको छ भने इरानले यस सम्झौतामा लेबनानलाई समावेश गर्न जोड दिएको छ ।

जरायलले इरान समर्थित हेजबुल्लाह लडाकु समुहसँग लडिरहेको छ । लेबनानी सेना प्रमुख रोडोल्फ हेकल आफ्ना पाकिस्तानी समकक्षी असीम मुनीरलाई भेट्न शनिबार नै पाकिस्तान प्रस्थान गरेको लेबनानी स्रोतलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । सैन्य कमान्डरहरूले आपसी हितका विषयहरू, विकसित क्षेत्रीय सुरक्षा वातावरण, रक्षा सहयोग र द्विपक्षीय सैन्य सम्बन्ध बढाउने सम्भावनाहरूमा छलफल गरेको पाकिस्तानी सेनाको मिडिया शाखाले विज्ञप्ति मार्फत जनाएको छ ।

इरान र इजरायल दुवैले सोमबार युद्ध रोकेको सङ्केत गरेको भएता पनि हयकलको भ्रमणको क्रममा शत्रुता अझै बढेको बताउनु भएको छ । यस अघि शान्ति वार्ताको लामो प्रक्रिया प्रति निराशा व्यक्त गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार वार्ताकारहरू सम्झौतामा पुग्ने “अन्तिम चरणमा“ रहेको बताएका छन् ।

हिजबुल्लाह लडाकुहरूले मार्च –२ मा इरानको सर्वोच्च नेताको अमेरिकी–इजरायली हत्याको बदला लिन इजरायलमा रकेट प्रहार गरे पछि लेबनान युद्धमा तानिएको थियो । इजरायलले आक्रमणको प्रतिक्रिया दिदा तीन हजार ६०० जना मानिसहरु मारिएका छन् भने जारी युद्धविरामका बावजुद हेजबुल्लाहसँग गोलीबारीको बन्द भएको छैन ।

पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले इरान र इजरायलबीच नयाँ लडाइँ सुरु हुदै गर्दा युद्ध अन्त्य गर्ने अमेरिका–इरान सम्झौता “हासिल हुन लागेको“ बताएका छन् । अप्रिल –१७ मा युद्धविराम सम्झौता सुरु भए पनि, इजरायली सेनाले लेबनानको क्षेत्र भित्र यसको उत्तरी सीमाबाट १२ किलोमिटर भित्र रकेट प्रहार गरेका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  २ : ३० बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले