बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर « Khabarhub

बादल संयोजक रहेको चुनावी समीक्षा समितिको सदस्यसचिवमा शंकर


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ संयोजक रहेको नेकपा एमालेको चुनावी समीक्षा कार्यदलको सदस्य सचिवमा महासचिव शंकर पोखरेललाई तोकिएको छ।

बादल संयोजक रहेको समितिको सदस्य सचिवमा महासचिव शंकर पोखरेललाई तोक्ने निर्णय अध्यक्ष केपी शर्मा ओलीसमेत उपस्थित भएर च्यासलमा बसेको बैठकले गरेको हो ।

नेकपा एमाले पुनर्गठन तथा चुनावी समीक्षा कार्यदलको सदस्यसचिवको जिम्मेवारी महासचिव शंकर पोखरेललाई दिने निर्णय निर्णय गरेको बैठकमा सहभागी एक नेताले खबरहबलाई जानकारी दिए।

ओलीनिकट शङ्करले यसअगाडि पार्टी पुनर्गठन र पुस्तान्तरण हुनुपर्ने माग सचिवालय बैठकमा उठाएका थिए। बादल भने अहिले पनि ओलीका विश्वास पात्रमा दरिएका छन् ।

बादललाई संयोजकको जिम्मेवारी दिएर सम्पूर्ण काम र गतिविधि ओलीकै कमान्डमा गर्न लागिएको छ।

एमालेका युवा नेता तथा पार्टी सचिवालयका १४ जना नेताहर ओलीको विकल्प खोज्ने पक्षमा छन् । तर ओली आफूलाई टिकाइराख्न नेतृत्व हस्तान्तरणलाई रोक्ने योजना बनाएका छन् ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ३५ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्