महावीर-सुधनको शपथमा पानी बन्यो बाधक « Khabarhub

महावीर-सुधनको शपथमा पानी बन्यो बाधक


२६ जेठ २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुधन गुरुङ र महावीर पुनले मन्त्रीको शपथ लिने गरी राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा पानी बाधक बनेको छ

अपराह्न साढे ४ बजेका लागि तय गरिएको शपथ कार्यक्रमलाई पानीले बाधा गरिदिएको हो ।

काठमाडौं उपत्यकामा ठूलो पानी परेपछि दुईजनाको शपथ कार्यक्रम केही प्रभावित भएको छ । शपथमा आउने पाहुनालाई शीतल निवासको चौरमा टेन्ट टाँगेर बस्ने ठाउँ बनाइएको छ। तर ठूलो पानी परेकाले शपथ कार्यक्रम प्रभावित हुन पुगेको हो ।

वालेन्द्र शाह नेतृत्वको सरकारले बनाएको छानबिन समितिले दिएको प्रतिवेदन अध्ययन नै नगरी उनलाई गृहमा फर्काउन लागिएको छ ।

अच्युतम् भण्डारी नेतृत्वको छानबिन समितिले बुझाएको प्रतिवेदन मंगलबार मात्रै मन्त्रिपरिषद्मा पुगेको छ। तर उक्त प्रतिवेदन अध्ययन नै नगरी वालेन्द्रले सुधनलाई गृहमा फर्काउने निर्णय लिएका हुन् ।

यस्तै विज्ञान तथा नवप्रवर्द्धन मन्त्रालयको जिम्मेवारी स्वतन्त्र सांसद महावीर पुनले पाउने भएका छन् । उनी पनि शपथका लागि शीतल निवास पुगिसकेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा उनी शिक्षा मन्त्री थिए ।

प्रकाशित मिति : २६ जेठ २०८३, मंगलबार  ४ : ३९ बजे

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण