एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल « Khabarhub

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र तयारी कार्यदलबाट आफ्नो प्रतिनिधिलाई औपचारिक रूपमा फिर्ता बोलाएको छ।

एमाले महासचिव शंकर पोखरेलले कार्यदलका संयोजकलाई पठाएको पत्रमा सरकारको निर्णयअनुसार गठित उक्त कार्यदलमा पार्टीका तर्फबाट डा. भीष्म अधिकारी प्रारम्भिक चरणमा सहभागी भएको उल्लेख गर्दै कार्यदलको कामकारबाही सुरुदेखि नै सन्देहास्पद देखिएको जनाएका छन्।

पत्रमा संविधान संशोधनका विषय स्पष्ट रूपमा निर्धारण नगरिएको, वर्तमान संविधानका आधारभूत संरचनाप्रति सरकारको दृष्टिकोण स्पष्ट नभएको तथा बहसमा ल्याइएका केही विषय संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मविपरीत देखिएकाले सरकारसँग आफ्नो धारणा स्पष्ट गर्न एमालेले माग गर्दै आएको उल्लेख गरिएको छ।

एमालेले वर्तमान संविधानका आधारभूत विशेषतालाई अझ सुदृढ बनाउने तथा विगतका कमजोरी र नकारात्मक अभ्यास सुधार गर्ने उद्देश्यका साथ संविधान संशोधन हुनुपर्ने पक्षमा आफू दृढ रहेको जनाएको छ। 

तर संविधानका आधारभूत विषय नै खलबल्याउने उद्देश्य देखिएकाले पार्टीले कार्यदलमा सहभागिता जनाउन नसक्ने निर्णय गरेको पत्रमा उल्लेख छ।

सरकारले एमालेले उठाएका विषयमा हालसम्म कुनै स्पष्ट जवाफ नदिएको भन्दै पार्टीले औपचारिक रूपमा आफ्नो प्रतिनिधिलाई कार्यदलबाट फिर्ता बोलाएको महासचिव पोखरेलले जानकारी दिएका छन्।

यसअघि अन्य राजनीतिक दलहरूले पनि प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार अशिम शाह नेतृत्वको यो कार्यदल छाडिसकेका छन्  ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १२ : १५ बजे

सहजरुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर : कृषिमन्त्री चौधरी

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल

राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्न सांसद हमालको सुझाव

 काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेशकुमार हमालले राष्ट्रिय सहमतिका आधारमा संविधान

लुम्बिनी प्रदेशसभाबाट थारू विधेयक सर्वसम्मत पारित

दाङ- लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक,

सरकारका सय दिनका उपलब्धीबारे संसद्लाई जानकारी

काठमाडौं–  सरकारले प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारका