रास्वपालाई खुश्बुको चेतावनी- सीमा जस्तो संवेदनशील विषयमा बसेको मौनतालाई इतिहासले मूल्याङ्कन गर्छ « Khabarhub

रास्वपालाई खुश्बुको चेतावनी- सीमा जस्तो संवेदनशील विषयमा बसेको मौनतालाई इतिहासले मूल्याङ्कन गर्छ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुश्बु ओलीले संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी छन् । 

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसद ओलीले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसद्को गरिमा र राष्ट्रिय स्वाभिमानभन्दा माथि कुनै पनि दल, सरकार वा व्यक्ति हुन नसक्ने बताएकी हुन् ।

उनले प्रधानमन्त्रीले संसद्लाई भन्दा आफ्नो दलको चितवन महाधिवेशनलाई प्राथमिकता दिएकोमा आपत्ति जनाउँदै सरकार संसद्प्रति उत्तरदायी हुनुपर्ने धारणा राखिन्  । 

राष्ट्रिय सार्वभौमिकता र सीमा जस्तो संवेदनशील विषयमा सत्ता पक्षका सांसदहरू मौन बसेको भन्दै उनले उक्त मौनतालाई इतिहासले मूल्याङ्कन गर्ने चेतावनी दिइन् ।

साथै सांसद ओलीले प्रधानमन्त्रीले आफ्नो सो अभिव्यक्तिका लागि सार्वजनिक रूपमा नै सच्चाउनुपर्ने बताइन् ।

त्यस्तै राष्ट्रिय हित विरुद्ध प्रश्न उठाउने खालका विवादास्पद अभिव्यक्तिहरू संसद्को अभिलेखबाट हटाउन प्रधानमन्त्री आफैँले पहल गर्नुपर्ने र प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर सम्पूर्ण नेपाली जनताका सामु यस विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा समेत बताइन्।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १ : २७ बजे

लुम्बिनीका मुख्यमन्त्री चेतनारायणले पाए विश्वासको मत : पक्षमा ४५, विपक्षमा २६ मत

काठमाडौं– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत प्राप्त गरेका

प्रतिनिधिसभाबाट ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार

परराष्ट्रले अर्थमा पठायो ‘नेपाली नागरिकको उद्धार तथा शव फिर्ती कार्यविधि’

काठमाडौं– परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको उद्धार तथा शव फिर्तीसम्बन्धी

सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक विधायन व्यवस्थापन समितिमा

काठमाडौं– सङ्क्रामक पशुरोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि

सांसदले उठाएको प्रश्नको जवाफ तीन दिनभित्र दिन सभामुखद्वारा सरकारलाई निर्देशन

काठमाडौं– आज प्रतिनिधिसभाको बैठकमा सांसद गोपाल शर्मा र आशिका तामाङले