भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल « Khabarhub

भूकम्पपीडित भेनेजुएलाका लागि ३० करोड डलर अपिल


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विनाशकारी भूकम्पबाट प्रभावित भेनेजुएलामा मृत्यु हुनेको सङ्ख्या तीन हजार ८०० सय नाघेपछि संयुक्त राष्ट्रसङ्घले राहत तथा पुनःस्थापनाका लागि तत्काल ३० करोड अमेरिकी डलर बराबरको अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ । 

भूकम्पका कारण लाखौँ नागरिक प्रभावित भएका छन् भने हजारौँ अझै बेपत्ता र घरबारविहीन अवस्थामा रहेका छन् । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख टम फ्लेचरले दातृ निकायहरूलाई तत्काल सहयोगका लागि आह्वान गर्दै आगामी छ महिनाभित्र १३ लाख प्रभावित नागरिकलाई अत्यावश्यक सहायता उपलब्ध गराउने लक्ष्यसहित प्रारम्भिक चरणमा नौ करोड ६० लाख डलर आवश्यक रहेको बताए। उनले विभिन्न दातृ राष्ट्रले सहयोग सुरु गरिसकेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय समर्थनको आवश्यकता औँल्याए।

भेनेजुएला सरकारले पनि पुनःनिर्माणका लागि विदेशमा रोक्का गरिएका आफ्ना सम्पत्ति फुकुवा गर्न अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ । विदेशमन्त्री यभान गिलले संयुक्त राष्ट्रसङ्घको बैठकमा भेनेजुएलासँग सम्बन्धित विभिन्न मुलुकमा रोक्का गरिएका कोष पुनःनिर्माणमा प्रयोग गर्न उपलब्ध गराउनुपर्ने बताए। उनका अनुसार ती सम्पत्ति अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण रोक्का भएका हुन् ।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजले बेलायतको बैंक अफ इङ्गल्यान्डमा रहेको करिब ३० टन भेनेजुएली सुन फुकुवा गरिदिन बेलायती राजा चार्ल्स तृतीयलाई पत्र पठाउने निर्णय गरेको जानकारी दिए । उनले उक्त सुन भूकम्पपछिको पुनःस्थापनामा अत्यावश्यक रहेको बताए।

अमेरिकी सरकारले राहत कार्यलाई सहज बनाउन भेनेजुएलामाथिका केही आर्थिक प्रतिबन्ध चार महिनाका लागि अस्थायी रूपमा हटाएको छ । सन् २०१९ यता लागू गरिएका प्रतिबन्धहरू जनवरीमा राष्ट्रपति निकोलस मदुरो सत्ताच्युत भएपछि क्रमशः खुकुलो पारिँदै आएका छन् । ट्रम्प प्रशासनले अन्तरिम नेतृत्वलाई समर्थन गर्दै विशेषगरी ऊर्जा क्षेत्रको पुनरुत्थानलाई ध्यानमा राखेर प्रतिबन्धमा सहुलियत दिएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जुन २४ मा आएको शक्तिशाली भूकम्पबाट भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को करिब छ प्रतिशत बराबर छ अर्ब ७० करोड अमेरिकी डलरको क्षति पुगेको छ । राजधानी काराकासको अन्तर्राष्ट्रिय विमानस्थलसमेत क्षतिग्रस्त भएकाले व्यावसायिक उडान अझै सञ्चालनमा आउन सकेको छैन ।

सात दशमलव २ र सात दशमलव ५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प आएको दुई सातापछि अधिकांश अन्तर्राष्ट्रिय उद्धार टोलीले जीवित व्यक्तिको खोजी अभियान समाप्त गरेका छन् । 

यद्यपि प्रभावित परिवारहरू अझै पनि भग्नावशेषमा आफन्तको शव खोजिरहेका छन् । सरकारी विवरणअनुसार हालसम्म तीन हजार आठ सय ११ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब १७ हजार घाइते भएका छन् । ला गुइरा क्षेत्रमा मात्र करिब १८ हजार मानिस घरबारविहीन भएका छन् ।

सबैभन्दा बढी प्रभावित काराबालेडा क्षेत्रमा धेरै परिवार राहत सामग्रीको प्रतीक्षामा खुला स्थानमा बसिरहेका छन् । उनीहरूले सीमित मात्रामा खाद्यान्न, पानी, डायपर र अन्य अत्यावश्यक सामग्री प्राप्त गरेका छन् । समुद्र किनारमा नरिवलको मिठाई बेच्दै आएकी २६ वर्षीया स्टेफनी गारेटले राहतले केही राहत दिएको भए पनि यस्तो अवस्था कति समयसम्म रहने भन्ने अन्योल रहेको बताए।

त्यसैगरी, ३४ वर्षीया केशकत्र्री जेनेसिस रामिरेज आफ्ना भतिजीहरूको खोजीमा भग्नावशेषमा पुगेका छन्। एउटै भवनबाट एक बालक जीवित उद्धार गरिएकाले अझै आशा नमरेको उनको भनाइ छ । उनले शव नभेटिएसम्म आफन्त जीवितै हुन सक्ने विश्वास कायम रहेको बताए।

ध्वस्त आवासीय भवनहरूमा अहिले उत्खनन टोलीहरूले भग्नावशेष हटाइरहेका छन् भने आफन्तहरू शव फेला पर्ने आशामा घटनास्थलमै पर्खिरहेका छन् । एक सैनिकका अनुसार उद्धारको सम्भावना सकिएको र अब मुख्य काम शवको खोजी तथा व्यवस्थापन मात्र बाँकी रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : ०८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय