अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग « Khabarhub

अघोषित लोडसेडिङ अन्त्य गरी नियमित विद्युत् आपूर्तिको माग


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मोरङ उद्योग व्यापार सङ्घले अघोषित लोडसेडिङ, पटक–पटक हुने ट्रिपिङ तथा न्यून भोल्टेजको समस्या तत्काल समाधान गरी नियमित विद्युत् आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत् प्राधिकरण, मोरङ शाखासँग आग्रह गरेको छ।

सङ्घले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा वर्षायाम सुरु भएयता विद्युत् आपूर्ति अनियमित बन्दै गएको उल्लेख गर्दै यसले उद्योग तथा व्यवसायमा गम्भीर असर परेको जनाएको छ। प्राधिकरणले विद्युत् आपूर्ति नियमित गर्ने प्रतिबद्धतासहित विज्ञप्ति जारी गरे पनि व्यवहारमा समस्या कायमै रहेको सङ्घको भनाइ छ।

सङ्घका अध्यक्ष राठीले अनियमित विद्युत् आपूर्तिका कारण प्लास्टिक, स्टिल, सिमेन्ट, खाद्य तथा रासायनिक पदार्थ उत्पादन गर्ने उद्योगहरू प्रत्यक्ष प्रभावित भएको बताए। उनका अनुसार विद्युत् अवरुद्ध हुँदा उत्पादन प्रक्रियामा रहेका कच्चापदार्थ जम्ने, डढ्ने तथा उत्पादन पूर्ण रूपमा नष्ट हुने अवस्था सिर्जना भएको छ।

अध्यक्ष राठीले विद्युत् आपूर्तिमा देखिएको समस्या समाधानमा सम्बन्धित निकायले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै निरन्तरको अव्यवस्थाले उद्योगी व्यवसायीमा चरम निराशा बढाएको बताए।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : १३ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय