बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ « Khabarhub

बजार ओरालो लागेपछि सेबोनले आश्वासन दिँदै भन्यो, आगामी साता ‘पुँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्छौँ


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेयर बजार निरन्तर ओरालो लागेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजारका लगानीकर्तालाई आश्वासन पार्दै विज्ञप्ति सार्वजनिक गरेको छ ।

सेबोनले बिहीबार विज्ञप्ति जारी गर्दै पुँजी बजारमा देखिएका विद्यमान समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि आगामी साताभित्र समयबद्ध कार्ययोजना सहितको ‘पूँजी बजार विकास मार्गचित्र’ सार्वजनिक गर्ने जनाएको हो ।

धितोपत्र बजारमा हाल देखिएका समस्या र लगानीकर्ताका गुनासोप्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसका लागि आवश्यक गृहकार्य भइरहेको विज्ञप्तिमा उल्लेख छ । बजारलाई थप स्वस्थ, सुरक्षित र प्रभावकारी बनाउन धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली, र सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायतका कानुनी व्यवस्थाहरूको समसामयिक पुनरावलोकन गर्ने कार्य समेत बोर्डले प्रारम्भ गरिसकेको छ ।

यसैगरी, बोर्डले अनुमति प्राप्त धितोपत्र व्यवसायी तथा सम्बद्ध संस्थाहरूलाई मार्जिन कारोबारको प्रभावकारी कार्यान्वयन लगायत बजार सम्बन्धी अन्य विषयहरू तोकिएको समयमै सम्पादन गर्न निर्देशन दिएको छ । सार्वजनिक निष्कासन प्रक्रिया र नियमन व्यवस्थालाई अझ व्यवस्थित बनाउन विद्यमान कानुनी संरचनामा सुधार गर्न लागिएको बोर्डको भनाइ छ ।

बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्त्व दिइएको बताउँदै कसैको हल्ला, बहकाउ तथा अफवाहमा नपर्न आग्रह गरेको छ । लगानीकर्ताहरूले आफ्नै अध्ययन र विश्लेषणमा आधारित रही, आफ्नो जोखिम वहन क्षमतालाई ध्यान दिँदै सुझबुझ पूर्ण रूपमा लगानी सम्बन्धी निर्णय लिन बोर्डका प्रवक्ता निरज गिरीद्वारा जारी विज्ञप्तिमा अनुरोध गरिएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ५ : ४० बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय