सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन « Khabarhub

सरकारी जग्गाको विवरण उपलब्ध गराउन मातहतका निकायलाई स्वास्थ्य मन्त्रालयको निर्देशन


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई सरकारी नाममा रहेको, भोगाधिकार प्राप्त, लिज वा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको घरजग्गाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन शाखाले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सम्बन्धित निकायलाई आफ्नो नाममा रहेको वा प्रयोग गरिरहेको जग्गाको विस्तृत विवरण संकलन गरी तोकिएको ढाँचामा पठाउन भनेको छ ।

भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोच्च अदालत, संवैधानिक आयोगहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय मन्त्रालयहरू, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला समन्वय समितिका कार्यालयहरू तथा देशभरका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकासँग समेत सरकारी जग्गाको विवरण माग गरेको छ ।

मन्त्रालयका अनुसार सरकारी निकायको नाममा कायम रहेका, भोगाधिकार प्राप्त भएका, लिजमा लिइएका वा अन्य निकायले प्रयोग गरिरहेका घरजग्गाको एकीकृत अभिलेख तयार गर्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको हो ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मातहतका अस्पताल, विभाग, केन्द्र, प्रतिष्ठान तथा अन्य निकायलाई माग गरिएअनुसारको विवरण प्रमाणसहित संकलन गरी तोकिएको समय साउन १ गते भित्र पठाउन आग्रह गरेको छ ।

सरकारले सार्वजनिक सम्पत्तिको संरक्षण, अभिलेखीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि देशभरका सरकारी निकायमा रहेको जग्गाको अवस्था यकिन गर्न विवरण संकलन अभियान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ५ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको