माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च « Khabarhub

माग सम्बोधन नभएको भन्दै मिटरब्याज पीडितको जनकपुरदेखि काठमाडौंसम्म पैदल मार्च


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जनकपुर- आफ्ना मागहरू बारम्बार बेवास्ता गरिएको भन्दै मिटरब्याज पीडितहरूले न्यायको माग गर्दै जनकपुरबाट काठमाडौंसम्म पैदल मार्च सुरु गरेका छन्।

बिहीबार जनकपुरमा फर्जी तमसुक लेखिएका पर्चा जलाउँदै मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलन नेपालको अगुवाइमा पीडितहरूले काठमाडौं केन्द्रित पैदल यात्रा थालेका हुन्।

आन्दोलनकारीहरूले सरकारले मिटरब्याज पीडितसँग पटकपटक सहमति गरे पनि ती सहमति प्रभावकारी रूपमा कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

सरकारले मिटरब्याज अपराध तथा त्यसबाट उत्पन्न समस्याको समाधानका लागि हालसम्म प्रभावकारी पहल नगरेकाले बाध्य भएर न्यायको खोजीमा पैदल मार्च सुरु गर्नुपरेको उनीहरूको भनाइ छ।

पीडितहरूले फर्जी तमसुक खारेज गर्न, मिटरब्याज अपराध नियन्त्रणका लागि कडा र प्रभावकारी कानुन निर्माण गर्न, पीडितहरूको चल तथा अचल सम्पत्ति फिर्ता गराउन र दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले आफ्ना मागको शीघ्र सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ६ : ३१ बजे

व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै चन्द्रपुरका महिला

रौतहट – रौतहटको चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी

विश्वकप क्वार्टरफाइनलमा मोरक्को र फ्रान्स भिड्दै

काठमाडौं- फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण आज रातिदेखि सुरु

आजका समाचार : सरकारका सयदिने उपलब्धिबारे संदनलाई जानकारी, संविधान संशोधनले द्वन्द्व निम्तिने गगनको चेतावनी, ओलीलाई नेतृत्व छाड्न दबाब र हर्मुजमा फेरि तनाव

प्रधानमन्त्रीले गरे निर्माण व्यवसायीसँग छलफल, समस्या समाधान गर्ने प्रतिबद्धताप्रधानमन्त्री वालेन्द्र

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य