बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप « Khabarhub

बुशेहर परमाणु केन्द्र नजिक अमेरिकाले हमला गरेको इरानको आरोप


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मध्यपूर्वमा अमेरिका र इरानबीचको तनाव थप चर्किएको छ । इरानले अमेरिकामाथि बुशेहर परमाणु विद्युत् केन्द्र नजिक हवाई आक्रमण गरेको आरोप लगाएको छ भने त्यसको प्रतिकारस्वरूप आफूले कतार, कुवेत र बहराइनस्थित अमेरिकी सैन्य अड्डाहरूमा ड्रोन आक्रमण गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजिराका अनुसार, इरानले बुशेहर परमाणु ऊर्जा केन्द्र नजिक बुधबार दिउँसो करिब १२ बजे अमेरिकी हवाई आक्रमण भएको दाबी गरेको छ । उक्त आक्रमणबाट भएको क्षतिबारे भने तत्काल विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

यता, द न्युयोर्क टाइम्सका अनुसार अमेरिकाले पछिल्ला दुई दिनमा इरानका १७० भन्दा बढी सैन्य लक्ष्यमाथि मिसाइल र ड्रोन आक्रमण गरेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले जारी गरेको विवरणअनुसार, आक्रमणका क्रममा इरानका हवाई प्रतिरक्षा प्रणाली, ड्रोन तथा मिसाइल भण्डारण केन्द्र, सैन्य स्पिडबोट तथा होर्मुज जलडमरूमध्य नजिकका तटीय क्षेत्रमा रहेका सैन्य संरचनालाई मुख्य लक्ष्य बनाइएको थियो ।

यसैबीच, इरानी सेनाले पनि प्रतिआक्रमण गरेको दाबी गरेको छ । इरानका अनुसार कतार, कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको हो ।

इरानी सैन्य अधिकारीहरूले कुवेतमा रहेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणाली, कतारस्थित अर्ली वार्निङ स्याटेलाइट एन्टेना तथा बहराइनमा रहेको अमेरिकी सेनाको इन्धन भण्डारण ट्याङ्कीलाई निशाना बनाइएको बताएका छन् ।

यद्यपि, यी आक्रमणबाट भएको क्षति तथा मानवीय हताहतीबारे अमेरिका वा सम्बन्धित खाडी मुलुकहरूले तत्काल कुनै आधिकारिक पुष्टि गरेका छैनन् ।

अमेरिका र इरानबीच पछिल्ला दिनमा लगातार सैन्य कारबाही भइरहेका बेला यो घटनाले मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्न सक्ने विश्लेषण गरिएको छ । विशेषगरी होर्मुज जलडमरूमध्य वरपर बढ्दो सैन्य गतिविधिले विश्व ऊर्जा आपूर्ति र क्षेत्रीय स्थायित्वमा समेत असर पर्ने चिन्ता बढेको छ । दुवै पक्षले एकअर्कामाथि लगातार आक्रमण गरिरहेको दाबी गरे पनि अधिकांश घटनाको स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ८ : २९ बजे

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक

उद्योगीको गुनासो : अघोषित लोडसेडिङले उत्पादन नै रोकियो

विराटनगर – मोरङ उद्योग व्यापार सङ्घले आज एक प्रेस विज्ञप्ति

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

काठमाडौं – नेकपा एमालेको पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठन