रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू « Khabarhub

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


408
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक सञ्जालमा साङ्केतिक शैलीमा स्टाटस लेख्दै धैर्यको परीक्षा नलिन चेतावनी दिएका छन् । उनले अनावश्यक रूपमा चलखेल नगर्न र आफ्नो धैर्यको परीक्षा नलिन चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘हेर्दै जाऔँ, यो शान्त ज्वालामुखीले क(कसलाई खरानी बनाउँछ। अनावश्यक चलाउन, केही होइन भनेर नजरअन्दाज गर्न र धैर्यताको परीक्षा लिने कुचेष्टा नगरेकै राम्रो।’

बमले सन् २००४ देखि सुरु भएको आफ्नो २२ वर्ष लामो सामाजिक तथा राजनीतिक संघर्षको उल्लेख गर्दै आफूले हार्न, सक्किन वा गुमाउन बाँकी केही नरहेको दाबी गरेका छन् ।

उनले आफूलाई ‘देश र नागरिकका लागि मर्न तयार, पुराना शासकबाट लगभग मारिसकिएको एक सत्याग्रही’भन्दै आफ्नो संघर्षको प्रसंग पनि उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  ९ : ५२ बजे

भोटेकोशी बाढी : ३६ देशका ६२२ पर्यटक सम्पर्कविहीन, १२१ को उद्धार

काठमाडाैं – रसुवाको भोटेकोशीमा बुधबार गएको बाढीपछि ७४३ जना पर्यटक

त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारमा खटिए गृहमन्त्री, मिनी स्काभेटरसहित सेना र सशस्त्र परिचालन

रसुवा – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–३

माटोमुनिबाट बालिका रोएको आवाज आएपछि उद्धार, अचेत अवस्थामा फेला

रसुवा – रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा बाढी–पहिरो गएको दोस्रो दिन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको भीषण बाढीका कारण भोटेकोशी र

भोटेकोसीमा फेरि बाढी बढ्यो, मुग्लिनसम्मका तटीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोसी नदीमा पुनः बाढी बढेपछि त्रिशूली नदीको