सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल « Khabarhub

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल


२५ असार २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्ने योजना अघि बढाएको छ । अस्पतालले पालिकाका नगर अस्पताल र आधारभूत अस्पतालमध्ये एउटामा भरतपुर अस्पतालका चिकित्सकद्वारा बहिरङ्ग सेवा (ओपिडी) सञ्चालन गर्ने योजना अघि बढाएको हो ।

यसका लागि अस्पतालले पालिकाका प्रमुखसँग छलफल अघि बढाइसकेको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा विश्वबन्धु बगालेले भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीसहितको टोलीसँग शारदानगर हेल्थपोष्ट स्थलगत अध्ययन गरेको छ । डा बगालेले उक्त हेल्थपोष्टमा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पठाउने गरी तयारी भइरहेको बताए । उनले भने, ‘भरतपुर महानगर सकारात्मक भएकाले छिट्टै हामी यो काम अघि बढाउँछौँ ।’

रत्ननगर नगरपालिकाका प्रमुख र उपप्रमुखसँग छलफल भइरहेको भन्दै उनले अन्य पालिकाहरुसँग पनि आवश्यक छलफल अघि बढाइएको बताए। डा बगालेले पालिका(पालिकामा भरतपुर अस्पतालका विशेषज्ञ चिकित्सक पुगेपछि अस्पतालमा घुइँचो कम हुने विश्वास व्यक्त गरे । उनले भने, ‘स्थानीयस्तरमै नागरिकलाई भरतपुर अस्पतालको सेवा हामी दिँदैछौँ ।’ ती अस्पतालहरूमा प्राथमिक र विशेषज्ञ सेवा दिने भन्दै उहाँले भरतपुर अस्पतालले अति विशिष्टिकृत सेवालाई प्राथमिकतामा राखेर उपचार गर्ने बताए ।

डा बगालेले भने, ‘सामान्य समस्या लिएर भरतपुर अस्पताल आउनु पर्ने बाध्यताको अन्त्य गर्न यो अभियान सञ्चालन गर्दैछौँ ।’सबै पालिका सकारात्मक भएमा दुई वर्षभित्रमा भरतपुर अस्पताल आउने बिरामीको सङ्ख्या आधा घटाएर विशिष्टिकृत सेवामा जोड दिन सकिने उनले बताए ।

उनका अनुसार भरतपुर अस्पतालमा दैनिक ओपिडी सेवाका लागि तीन हजारसम्म बिरामी आउने गर्दछन् । सामान्य समस्या लिएरसमेत बिरामी यहाँ आउनु पर्दा व्यवस्थापनमा जटिलता थपिएको छ भने बिरामीले पनि सास्ती पाइरहेका छन् । भरतपुर अस्पतालले विस्तारित सेवा प्रभावकारी भएसँगै देशभर यो अभियानलाई विस्तार गर्न सकिने डा बगालेले बताउनुभयो । अहिले ७० प्रतिशतभन्दा बढी बिरामी स्वास्थ्य बीमाका रहेका जनाउँदै उनले यसले बीमाका बिरामीलाई पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २५ असार २०८३, बिहीबार  १० : २१ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की – रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

भोटेकोशी बाढी : काठमाडौं महानगरपालिकाले चार करोड ५४ लाख बढी सहयोग गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले रसुवा भोटेकोशी बाढीजन्य विपद् व्यवस्थापन गर्न

चिनियाँ विदेशमन्त्री वाङले भने : नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौं

काठमाडौं – चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ