अनलाइनमा भारतका लागि चिनियाँ राजदूतको चर्को आलोचना, आफ्नै देशका नागरिकले भने ‘देशद्रोही’ « Khabarhub

अनलाइनमा भारतका लागि चिनियाँ राजदूतको चर्को आलोचना, आफ्नै देशका नागरिकले भने ‘देशद्रोही’


२५ असार २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतका लागि चिनियाँ राजदूत सु फेइहोङ यतिबेला आफ्नै देशका इन्टरनेट प्रयोगकर्ताको निसानामा परेका छन् । चिनियाँ सामाजिक सञ्जाल ‘वेइबो’ मा उनीविरुद्ध विभिन्न नकारात्मक टिप्पणी भइरहेका छन् । कतिपय प्रयोगकर्ताले उनलाई आफ्नो काम बिर्सिएको आरोप लगाएका छन् भने कतिपयले उनलाई सडक बढार्ने काममा लगाउनु उचित हुने भन्दै व्यङ्ग्यसमेत गरेका छन् ।

विशेषगरी भारत र चीनबीचको भिसा नीतिको विषयलाई लिएर राजदूत फेइहोङको तीव्र आलोचना भएको हो । एक चिनियाँ प्रयोगकर्ताले त उनलाई भारतीय नागरिकहरूलाई चीनमा भित्र्याएर देश बर्बाद पारेको भन्दै ‘देशद्रोही’ को संज्ञासमेत दिएका छन् । चिनियाँ नागरिकहरूले भारतले चिनियाँहरूका लागि भिसा नीतिमा कडाइ गरिरहँदा चीनले भने भारतीयहरूका लागि खुकुलो नीति अपनाएकोमा आपत्ति जनाएका छन् । सन् २०२० को गलवान सैन्य झडपपछि दुई देशबीचको सम्बन्ध चिसिएको बेला यस वर्षको पहिलो तीन महिनामा मात्रै नयाँ दिल्लीस्थित चिनियाँ दूतावासले ८५,००० भारतीयहरूलाई भिसा जारी गरेपछि यो विवाद थप चर्किएको हो ।

यस विवादका बीच चिनियाँ दूतावासले स्पष्टीकरण दिँदै जारी गरिएका भिसाहरूमध्ये ८० प्रतिशतभन्दा बढी व्यापारिक भिसा रहेको र यसले चीनकै अर्थतन्त्रलाई फाइदा पुग्ने जनाएको छ । दूतावासले भारतको भिसा नीति अझै पनि कडा रहेको स्वीकार गरे पनि यस विषयलाई भावनात्मक रूपमा उचाल्दा दुई देशको सम्बन्धमा असर पर्ने चेतावनी दिएको छ । साथै, दूतावासले सामाजिक सञ्जालमा भ्युज (दृश्य) कमाउनका लागि भारतविरुद्ध नकारात्मक र भ्रामक सामग्री फैलाउने कार्यको निन्दा गर्दै यस्तो व्यवहारले एक शक्तिशाली र आत्मविश्वासले भरिएको राष्ट्रको प्रतिनिधित्व नगर्ने स्पष्ट पारेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ६ : ५३ बजे

संवेदनशील सूचनाको पूर्ण गोपनीयता कायम गर्न महानिरीक्षक केसीको निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक डा मनोजकुमार केसीले सङ्गठनको आन्तरिक रणनीति

नेपाल बिमा प्राधिकरणको अध्यक्षमा थापा नियुक्त

काठमाडाैं – सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजन बिक्रम थापालाई

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

काठमाडौं – सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृतमा

सरकारलाई जवाफदेहिताका आधारमा अघि बढ्न कांग्रेसको आग्रह

ललितपुर – नेपाली कांग्रेसले सञ्चारमाध्यमको स्वतन्त्रता, पत्रकारको सुरक्षा र लोकतान्त्रिक

पाकिस्तानमा टीटीपीका दुई शङ्कास्पद सदस्य मारिए

इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीले गरेको कारबाहीमा