हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल « Khabarhub

हेटौँडा कपडा उद्योग चलाउनु राजनीतिक नाटक मात्रै हो : शंकर पोखरेल


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले ठोस र स्पष्ट कार्ययोजनाविना हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको घोषणा गर्नुलाई ‘राजनीतिक स्टन्ट’ को संज्ञा दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले बन्द उद्योगलाई आधुनिक प्रविधि र कुशल व्यवस्थापनसहित दिगो रूपमा चलाउने योजना ल्याउन सरकारसँग माग गरेका छन्।

महासचिव पोखरेलले नयाँ सरकार गठन हुनासाथ हेटौँडाको बन्द कपडा उद्योग चलाउने प्रयास गर्ने र केही दिन चलेको देखावटी नाटक गरेर पुनः बन्द हुने पुरानै नियति दोहोरिने गरेको उल्लेख गरेका छन्। “राजनीतिक प्रचारका लागि यस्तै नाटक दोहोर्‍याउनुभन्दा उद्योगलाई कसरी आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनका साथ दिगो रूपमा चलाउन सकिन्छ भनेर ठोस योजना बनाउनु आवश्यक छ,” पोखरेलले लेखेका छन्।

स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाविना केवल लहडका भरमा उद्योग खोल्न खोजिए पुरानै असफलताको पुनरावृत्ति हुने दाबी गर्दै उनले प्रचारमुखी शैली त्यागेर दीर्घकालीन पुनरुत्थानको बाटो रोज्न आग्रह गरेका छन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : २३ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण