सुनकोशीका हामफालेका दम्पतीको अन्त्येष्टि, पतिको शव नभेटिएपछि कुशलाई चितामा राखियो « Khabarhub

सुनकोशीका हामफालेका दम्पतीको अन्त्येष्टि, पतिको शव नभेटिएपछि कुशलाई चितामा राखियो


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि बेपत्ता दम्पतीको इन्द्रावती नदीमा सोमबार अन्तिम संस्कार गरिएको छ ।

हामफालेका दुईमध्ये पत्नी तिलकुमारीको मात्रै शव ओखलढुंगामा फेला परेको अवस्थामा सोमबार दुवैको अन्त्येष्टि गरिएको हो । नदीमा सँगै हामफालेका बेपत्ता केदारनाथको अवस्था अझै अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ पतिसँगै बेपत्ता भएका मण्डनदेउपुर नगरपालिका–७ की ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली र ओखलढुङ्गाको सीमास्थित सुनकोशी नदीमा आइतबार फेला परेको थियो ।

ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ बलखुस्थित सुनकोशी नदीको किनारमा तैरिएको अवस्थामा तिलकुमारीको शव फेला परेको सूचना अधिकारी विष्टले जानकारी दिए । केदारनाथको खोजी भए पनि नभेटिएपछि अब कुशको शव बनाएर दाहसंस्कार गरिएको हो ।

तिलकुमारीको शवसँगै केदारनाथको पनि कुशको शव बनाएर उनको परिवारले हिन्दु परम्पराअनुसार अन्त्येष्टि गरेका हुन् ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित थिइन् । पराजुली दम्पतीले बुधबार साँझ नदीमा हामफालेका थिए । त्यही रातिदेखि नै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका साथै स्थानीयले खोजी कार्य जारी राखेका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ०६ बजे

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो