वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट « Khabarhub

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य बैंकहरूको विगत पाँच आर्थिक वर्ष (सन् २०२२ देखि २०२६ सम्म) को क्रेडिट रेटिङ ट्रान्जिसन सम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको तथ्यांक अनुसार नेपालका वाणिज्य बैंकहरूको वित्तीय स्वास्थ्य र जोखिमको अवस्थामा उतारचढाव देखिएको हो ।

स्ट्याण्डर्ड चार्टर्डको साख सबैभन्दा उच्च, केहीको गिरावट

इक्रा नेपालको प्रतिवेदन अनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले विगत पाँचै वर्षदेखि निरन्तर .‘आइआर एएए’ रेटिङ कायम राख्न सफल भएको छ, जसले यो बैंक लगानी र निक्षेपका लागि सबैभन्दा सुरक्षित रहेको संकेत गर्छ । 

त्यस्तै, नेपाल एसबीआई बैंकले पनि अध्ययन अवधिभर आफ्नो ‘आइआर एए’ रेटिङलाई स्थिर राख्न सफल देखिएको छ ।

पछिल्ला वर्षहरूमा केही स्थापित बैंकहरूको क्रेडिट रेटिङमा गिरावट आएको तथ्यांकले देखाउँछ । नबिल बैंकको रेटिङ सन् २०२२ मा ‘आइआर एए–’ रहेकोमा २०२६ सम्म आइपुग्दा ‘आइआर ए’ मा झरेको छ । त्यसैगरी, ग्लोबल आइएमई बैंकको रेटिङमा पनि उतारचढाव देखिँदै हाल ‘आइआर ए–’  कायम भएको छ ।

तथ्यांकले प्रभु बैंक र कुमारी बैंकको रेटिङमा पनि उल्लेख्य गिरावट आएको देखाएको छ । प्रभु बैंकको रेटिङ ‘आइआर बीबी+@’ र कुमारी बैंकको ‘आइआर बीबी+’  मा झरेको छ ।

तथ्यांक अनुसार केही बैंकहरूले इक्रा नेपालबाट गराउँदै आएको रेटिङ प्रक्रिया हाल बन्द गरेका वा फिर्ता लिएका छन् । एभरेष्ट बैंकले २०२६ मा ‘आइआर एए–’ रेटिङबाट बाहिरिँदै रेटिङ फिर्ता लिएको छ । यस्तै, सानिमा बैंक, एनआईसी एशिया बैंक, र कृषि विकास बैंकको रेटिङ पनि पछिल्लो समयमा फिर्ता भएको प्रतिवेदनमा उल्लेख छ ।

साथै, नेपाल बैंक लिमिटेडले विगत पाँच वर्षदेखि ‘आइआर ए’  रेटिङ स्थिर राखेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रेटिङ हाल ‘आइआर ए–’, लक्ष्मी सनराइज बैंक र सिद्धार्थ बैंकको रेटिङ क्रमशः ‘आइआर बीबीबी @’ र ‘आइआर बीबीबी +’ को स्थितिमा छ । माछापुच्छ्रे बैंकको रेटिङ २०२६ मा ‘आइआर बीबीबी +@’ कायम भएको छ ।

इक्रा नेपालले बैंकहरूको वित्तीय अवस्था बुझाउन केही विशेष चिन्हहरूको प्रयोग गरेको छ । जसमा ‘@’ चिन्हले सम्बन्धित बैंकको रेटिङ नकारात्मक निगरानीमा रहेको र क्रेडिट प्रोफाइलमा तनाव रहेको बुझाउँछ । त्यस्तै, ‘&’ चिन्हले मर्जर वा प्राप्तिको समयमा देखिने अनिश्चित दृष्टिकोणलाई संकेत गर्छ ।

इक्रा नेपालले हाल नेपालमा सञ्चालित २० वाणिज्य बैंकहरू मध्ये १३ वटाको ‘लाइभ’ रेटिङलाई यस प्रतिवेदनमा समेटेको छ । हिमालयन बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंक जस्ता केही बैंकहरूको रेटिङ विवरण भने यस सूचीमा समावेश गरिएको छैन ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : २५ बजे

उद्यमीको लगानीलाई सुरक्षा गर्नु सरकारको प्रमुख दायित्व : अर्थमन्त्री डा. वाग्ले

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वैध रूपमा गरिएको लगानी, सिर्जना

‘सुपर कमेडी लिग’को प्रेसिडेन्टमा हमाल, चार कलाकार क्याप्टेन

काठमाडौं – अभिनयमा आधारित कमेडी रियालिटी शो ‘सुपर कमेडी लिग’

दुई पूर्वप्रधानमन्त्रीका स्वकीयको सम्पत्तिमाथि अख्तियारको छानबिन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्पकमल

रास्वपा सांसदकै आक्रोश : सरकार गैरजिम्मेवार हुँदा खाली सिलिन्डर बोकेर मध्यरातसम्म लाइनमा बस्न बाध्य छन्

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद लिमा अधिकारी आचार्यले

‘सुरक्षाको अनुहार हेर्दै हाँसो लाग्ने’ भन्दै हमालले गरे ‘बडी सेमिङ’

काठमाडौं – विद्वान–समझदार कलाकारको छवि बनाएका महानायक राजेश हमाल नायिका