‘देश फेसबुकको भ्युजले चल्दैन, सीमा र भूगोल मजाकको विषय होइन’ « Khabarhub

‘देश फेसबुकको भ्युजले चल्दैन, सीमा र भूगोल मजाकको विषय होइन’


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेकी सांसद नीता घतानीले प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गरेको सम्बोधन फेसबुकमार्फत् प्रसारण गरिएको विषयमा प्रश्न उठाएकी छन्।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै घतानीले देश फेसबुकको भ्युजबाट नभई राज्यका आधिकारिक अंगबाट चल्ने बताइन्।

‘देश फेसबुकको भ्युजले चल्दैन। राष्ट्रकै नाममा गरिने सम्बोधन फेसबुकतिर होइन, आधिकारिक सञ्चारमाध्यमबाट आउनुपर्छ,’ उनले भनिन्।

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दा फेसबुक पेजमार्फत् लाइभ गरिएको भन्दै उनले प्रश्न गरिन्, ‘राष्ट्रलाई सम्बोधन गरेको हो कि आफ्नो फेसबुक पेजको मोनिटाइजेसनलाई बलियो बनाएको हो?’

मोनिटाइजेसन भएको फेसबुक पेजबाट आम्दानी हुने भएकाले सम्बोधन त्यहाँबाट प्रत्यक्ष प्रसारण गरिएको हुन सक्ने भन्दै उनले प्रधानमन्त्रीको शैलीप्रति आलोचना गरिन्।

घतानीले प्रधानमन्त्री शाहले गत जेठ १७ गते नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको विषयमा पनि प्रश्न उठाइन्। उनले उक्त भनाइ कुन तथ्य र कूटनीतिक प्रमाणका आधारमा आएको हो भन्ने स्पष्ट पार्न प्रधानमन्त्रीसँग माग गरिन्।

‘हाम्रो सीमा र भूगोल कुनै मजाकको विषय होइन। प्रधानमन्त्रीले कुन तथ्य र कुन कूटनीतिक प्रमाणका आधारमा नेपालले भारतको सीमा मिच्यो भन्नुभयो ?’ उनले प्रश्न गरिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले समेत प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको विरोध गर्नुपर्ने घतानीले बताइन्।

देशको सार्वभौमिकता सबैभन्दा माथि रहेको भन्दै उनले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने, त्यसका लागि क्षमा माग्नुपर्ने र उक्त भनाइ संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरिन्।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १ : ५४ बजे

नारायणीको पुलमा ठूला सवारीसाधन सञ्चालनमा रोक

नवलपुर– नारायणी नदीमा ठूलो बाढी आएपछि नदीमाथि निर्माण भएको पुलमा

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण