हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह « Khabarhub

हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई बङ्गलादेशको आग्रह


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बङ्गलादेशले पूर्वप्रधानमन्त्री शेख हसिनाको प्रत्यर्पण प्रक्रिया अघि बढाउन भारतलाई आग्रह गरेको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमान र भारतका नवनियुक्त उच्चायुक्त दिनेश त्रिवेदीबीच सोमबार भएको भेटमा हसिनाको प्रत्यर्पण तथा दुई देशबीचका अन्य महत्त्वपूर्ण विषयमा छलफल भएको हो ।

बङ्गलादेशको प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री रहमानले उच्चायुक्त त्रिवेदीसँगको भेटमा भारतले हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढाउने अपेक्षा व्यक्त गरेकी छन् । सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि पदबाट हटेकी हसिना त्यसयता भारतमा रहँदै आएका छन् ।

बङ्गलादेश सचिवालयस्थित प्रधानमन्त्री कार्यालयमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री रहमानले भारतका उच्चायुक्तलाई स्वागत गरेका थिए । त्रिवेदीले पनि बङ्गलादेशमा आफ्नो पछिल्लो दुई महिनाको कार्यानुभवबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार बङ्गलादेशले भारतबाट शेख हसिनाको प्रत्यर्पण प्रक्रिया छिटो अघि बढ्ने अपेक्षा गरेको छ ।

ढाकाले सन् २०२५ डिसेम्बर १२ मा गोली हानी हत्या गरिएका जुलाई आन्दोलनका प्रमुख व्यक्तिमध्ये एक शाहिद उस्मान हादीको हत्यामा संलग्न रहेको आरोप लागेका व्यक्तिलाई पनि भारतबाट फिर्ता गर्न आग्रह दोहोर्‍याएको छ । बङ्गलादेश सरकारले हादी हत्याका आरोपीलाई फिर्ता गर्न नयाँदिल्लीसँग पुनः अनुरोध गरिएको जनाएको छ ।

भेटका क्रममा दुई देशबीचका प्रमुख द्विपक्षीय विषयमा समेत छलफल भएको थियो । प्रधानमन्त्री रहमानले बङ्गलादेश र भारतबीचको सम्बन्धलाई थप अघि बढाउन अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकमा बङ्गलादेशका विदेशमन्त्री खलिलुर रहमान, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार हुमायूँ कबीरलगायत सम्बन्धित अधिकारी सहभागी थिए।

उच्चायुक्त त्रिवेदी र प्रधानमन्त्री रहमानबीचको भेट उनले बङ्गलादेशका विदेशमन्त्री रहमानसँग छुट्टै भेट गरेको एक दिनपछि भएको हो । पछिल्लो समय हसिनाको भारतबाट सार्वजनिक अभिव्यक्तिलाई लिएर ढाका र नयाँदिल्लीबीच कूटनीतिक तनाव देखिएका बेला बङ्गलादेशको शीर्ष नेतृत्वसँग भारतीय उच्चायुक्तको भेटलाई महत्त्वका साथ हेरिएको छ । 

दुई देशबीचको पछिल्लो कूटनीतिक संवाद हसिनाले गत अगस्ट ५ मा नयाँदिल्लीबाट गरेको भर्चुअल सम्बोधनपछि भएको हो । दक्षिण एसियाली विदेशी सञ्चारकर्मीहरूको क्लबले आयोजना गरेको कार्यक्रममा हसिनाले सन् २०२४ को विद्यार्थी नेतृत्वको आन्दोलनपछि आफू देशबाट बाहिरिनुपरेको घटनाको दोस्रो वार्षिकोत्सवका अवसरमा सम्बोधन गरेका थिए ।

उनले आफू स्वदेश फर्किए जेल वा मृत्युदण्डको जोखिम भए पनि लोकतन्त्र पुनःस्थापना गर्दै बङ्गलादेशलाई ‘सही मार्ग’ मा फर्काउन आगामी डिसेम्बरमा स्वदेश फर्किने दृढता व्यक्त गरेका थिए ।

हसिनाको उक्त अभिव्यक्तिप्रति बङ्गलादेशको विदेश मन्त्रालयले तत्काल कडा आपत्ति जनाएको थियो । ढाकाले उनको सार्वजनिक अभिव्यक्तिले जनभावनामा असर पारेको तथा दुई देशबीचको सहयोग र सम्बन्ध सुधारका प्रयासलाई थप जटिल बनाएको भन्दै विरोध जनाएको थियो ।

भारतले भने हसिनासम्बन्धी उक्त कार्यक्रममा आफ्नो सरकारको कुनै संलग्नता नरहेको स्पष्ट पारेको थियो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नयाँदिल्लीमा आयोजित कार्यक्रम निजी सञ्चार संस्थाले आयोजना गरेको र त्यसमा व्यक्त भएका विचारसँग भारत सरकारको कुनै सम्बन्ध नरहेको बताए ।

“तपाईंले उल्लेख गर्नुभएको अन्तरक्रिया निजी सञ्चार संस्थाले आयोजना गरेको हो । यसमा सरकारको कुनै संलग्नता छैन । न त उक्त मञ्चमा व्यक्त गरिएका कुनै पनि विचारलाई सरकारले समर्थन गर्छ”, जयसवालले पत्रकार सम्मेलनमा भनेका थिए ।

हसिनाको प्रत्यर्पण, हत्या आरोपमा रहेका व्यक्तिको फिर्ती तथा द्विपक्षीय सम्बन्ध सुधारका विषय पछिल्लो समय बङ्गलादेश–भारत सम्बन्धका प्रमुख मुद्दा बनेका छन् । सोमबारको उच्चस्तरीय भेटले यी विषयमा दुई देशबीच संवादलाई निरन्तरता दिने प्रयास भइरहेको संकेत गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  २ : ४८ बजे

नारायणीमा जलसतह खतराको तहभन्दा माथि, बस्तीमा पस्न थाल्यो बाढी

चितवन– चितवनको देवघाटस्थित नारायणी नदीमा जलसतह १० दशमलव ११ मिटर

१३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज १३ जिल्लामा संघीय

बाढी-पहिरो र खराब मौसमका कारण दूरसञ्चार सेवा अवरुद्ध, मर्मत कार्य जारी

काठमाडौँ – असोज ८ गतेदेखिको निरन्तर हावाहुरी, भारी वर्षा र

पहिरोले मध्यपहाडी लोकमार्ग अवरूद्ध

गण्डकी– मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक अवरूद्ध भएको छ । पर्वत

विश्व पर्यटन दिवसमा साइकल र्‍याली

ललितपुर- बागमती प्रदेश सरकारले विश्व पर्यटन दिवसको अवसरमा आज यहाँ