आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छ : मन्त्री गौतम « Khabarhub

आदिवासी जनजातिका आवाजलाई सञ्चारमाध्यमले स्थान दिनुपर्छ : मन्त्री गौतम


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सीमान्तकृत समुदायका आवाजलाई मूलधारमा ल्याउन सञ्चारमाध्यम र पत्रकारले सशक्त भूमिका निर्वाह गनुपर्ने बताएकी छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन-२०२६’ को उद्घाटनसत्रमा उनले आमाले सिकाएका भाषामार्फत राज्यले गरेका कामका बारेमा जनतालाई सुसूचित गर्न तथा राज्य र जनताबीचको दुरी कम गर्न पत्रकारले समन्वयात्मक भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

मन्त्री गौतमले भातृभाषालाई घर, विद्यालय र समुदायमा बोलेर मात्रै नपुग्ने भएकाले पत्रकारिताका माध्यमबाट मातृभाषा बोलिनु आवश्यक हुने बताउँदै मन्त्री गौतमले लेखिएमा भाषालाई जीवन्त राख्न सकिने धारणा राखिन् । राज्यका तर्फबाट मातृभाषाको संरक्षण र पत्रकारिताको विकासमा सहकार्य र समन्वय गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै उनले के–कस्ता काम राज्यबाट गरिनुपर्ने सोसम्बन्धी आवश्यक सुझाव दिन सरोकार भएकालाई आग्रह गरिन् ।

नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले आदिवासी जनजातिका विषयमा राज्य संवेदनशील र गम्भीर हुनुपर्नेमा जोड दिँदै सबै खाले अधिकारलाई स्थापित गर्न सामूहिकता जरुरी पर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद क्षितिज थेबेले नेपाल लामो समयसम्म अल्पविकसित मुलुकको परिचयमा रहनुमा राज्यले आदिवासी जनजाति र सीमान्तकृत समुदायलाई उचित सम्बोधन गर्न नसक्नु प्रमुख कारण रहेको जिकिर गरे ।

त्रिभुवन विश्वविद्यालय, आमसञ्चार तथा पत्रकारिताका प्रमुख प्राडा कुन्दन अर्यालले नेपालको सांस्कृतिक विविधतालाई पत्रकारिताले उच्च महत्व दिँदै आएको भन्दै पत्रकारिता मुलुकको हरेक परिवर्तनको साक्षी रहेको उल्लेख गरे । काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमख डा निर्मलमणि अधिकारीले पहिचानको विषयलाई कसरी लिने भन्नेमा पश्चिमामुलुक र नेपालको संस्कृतिमा भिन्नता रहेको बताउँदै सबै भाषा र जातीले सँगै कसरी बाँच्ने भन्ने जीवन्त पद्धतिलाई बढाउनुपर्ने जनाए ।

‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ भन्ने नाराका साथ आजदेखि काठमाडौँमा ‘तेस्रो अन्तरराष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’ सुरू भएको छ । नेपाल आदवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना र नेवाः पत्रकार राष्ट्रिय दबुको संयोजनमा भएको त्रिदिवसीय सम्मेलनमा विभिन्न राजनीतिक दलका सङ्घीय सांसद, आदिवासी जनजातिसँग सम्बन्धित सरकारी गैह्रसरकारी संस्थाका प्रतिनिधि, नेपाल पत्रकार महासङ्घ, सार्क जर्नालिष्ट फोरमका प्रतिनिधिलगायत सहभागी छन् ।

फोनिजका महासचिव समीर बलामीका अनुसार सम्मेलनअन्तर्गत ‘आदिवासी कृषि, खाद्य सुरक्षा, परम्परागत ज्ञान सन्दर्भ र वनसँगको सम्बन्ध’, ‘सरकारी सञ्चारमाध्यममा मातृभाषा पत्रकारिता र निजी सञ्चारमाध्यमको अवस्था’, ‘मातृभाषा पत्रकारिता, जलवायु परिर्वतन, वन व्यवस्थापन, राज्यका नीति, अभ्यास र आदिवासी समुदाय’ लगायत सत्रहरूमा विषय विज्ञ र पत्रकारबीच छलफल हुनेछ । सम्मेलनमा स्वदेशका करिब ३०० र भारत, बङ्गलादेशलगायत मुलुकका ३५ पत्रकार तथा भर्चुअल रूपमा गरेर २७ मुलुकका पत्रकारहरू सहभागी भएका नेवाः पत्रकार दबुका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ३८ बजे

शिक्षा समिति : विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौं– प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन ‘राष्ट्रिय

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको