देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै « Khabarhub

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको पक्की पुल संरक्षण गर्न सुरु भएको छ । कोशी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय इलाममार्फत सो पुल संरक्षण गर्न काम सुरु गरेको हो । 

पुल संरक्षणका लागि तारजालीसहित पर्खाल लगाउने काम भएको पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनयर रञ्जय सिंहले बताए । पुल संरक्षणका लागि कार्यालयले ५० लाखमा ठेक्का आह्वान गरेकामा भिमका कन्स्ट्रक्सन एण्ड सप्लायर्ससँग रु ४१ लाख ५३ हजार ७७४ मा ठेक्का सम्झौता भएको थियो ।

पूर्वाधार विकास कार्यालयले सो क्षेत्रमा स्थायी बाँध निर्माणका लागि तीन करोड माग गरे पनि प्रदेश सरकारबाट रु ५० लाखमात्र प्राप्त भएको प्रमुख सिंहको भनाइ छ । 

‘हामीले स्थायी बाँध निर्माणका लागि रु तीन करोड अनुमान गरेर पठाएका थियौँ । यो पटक ५० लाख मात्र प्राप्त भयो’, उनले भने, ‘अहिले जति बजेट आयो, त्यतिकै ठेक्का आह्वान गरेर काम सुरु गरेका छौँ । थप बजेटको आशामा छौँ ।’

प्रसिद्ध धार्मिकस्थल गजुरमुखीधाम नजिकै रहेको सो पुल गत असोज १८ गतेको बाढीले क्षतिग्रस्त बनाउनुका साथै गजुरमुखीधाम क्षेत्रका आठवटा घर बगाएको थियो । 

बाढीले पुलको एकापट्टिको भूभाग कटान गरी क्षतिग्रस्त बनाएपछि प्रदेश सरकारको रु १० लाखको लागतमा अस्थायी ड्याम निर्माण गरी यातायात सञ्चालन गरिएको थियो । गत असार पहिलो साताको बाढीले अस्थायी ड्याममा पनि क्षति पुर्‍याएपछि तारजालीसहितको पर्खाल निर्माण सुरु गरिएको हो ।

पुल संरक्षणको काम सुरु भएपछि स्थानियवासी हर्षित भएका छन् । स्थानीय खगेन्द्र तामाङले पुल संरक्षणको काम सुरु भएसँगै आशा पलाएको प्रतिक्रिया दिए । 

‘विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्नासाथ पुलको आधार क्षेत्रमा कटान हुने र पुलमा थप क्षति हुने खतरा थियो’, उनले भने, ‘निर्माण तथा संरक्षणको काम चाँडै सम्पन्न भए पुलको आयु बढ्नाका साथै स्थानीय बासिन्दाको सुरक्षित आवतजावतमा सहजता हुने अपेक्षा छ ।’

माङसेबुङ गाउँपालिका-१ का वडाअध्यक्ष भूपाल योङहाङले पुल निर्माण गुणस्तरीय र दिगो हुने गरी काम सम्पन्न गर्न निरन्तर अनुगमन गरिरहेको बताए ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : १५ बजे

मनाङको हिम्लुङ हिमालमा पहिरो, मानवीय क्षतिको आशंका

काठमाडौं- आइतबार बिहान मनाङको नार्पाभूमी गाउँपालिका-५ स्थित हिम्लुङ हिमालमा हिमपहिरो

बाढी प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी

काठमाडौं– अविरल वर्षासँगैको पहिरो, बाढी तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४