उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै « Khabarhub

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरिया–अमेरिका संयुक्त अभ्यास गर्दै


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध उल्लङ्घन गर्दै ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गतिविधि पुनः सुरु गरेको केही दिनपछि दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गर्ने भएका छन्। 

उत्तर कोरियाली सम्भावित खतराविरुद्ध सैन्य तयारी सुदृढ गर्न उनीहरूले अर्को साता वार्षिक अभ्यास सञ्चालन गर्न लागेका हुन्।

‘उल्ची फ्रिडम शिल्ड’ नाम दिइएको उक्त अभ्यास आगामी सोमबारदेखि ११ दिनसम्म सञ्चालन हुने दक्षिण कोरियाली सेनाले जनाएको छ । अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी हुने र यसको स्वरूप विगतका वर्षहरूकै जस्तो रहने सेनाका प्रवक्ता जाङ डो–योङले बताएका छन् ।

अमेरिकी सेनाका प्रवक्ता रायन डोनाल्डले हालैका द्वन्द्वबाट प्राप्त अनुभव तथा सम्भावित वास्तविक खतरालाई समेटेर अभ्यास सञ्चालन गरिने बताएका छन् । उनका अनुसार अभ्यासले संयुक्त तथा बहुक्षेत्रीय सैन्य कारबाहीमार्फत दक्षिण कोरिया–अमेरिका गठबन्धनको तयारी र क्षमतालाई सुदृढ गर्नेछ ।

उत्तर कोरियाले रुस–युक्रेन युद्धमा आफ्ना सैनिक पठाएको प्रसङ्ग उल्लेख गर्दै डोनाल्डले ती सैनिकले युद्धबाट प्राप्त अनुभव उत्तर कोरिया फर्काएर ल्याएको बताए। त्यसबाट उत्तर कोरियाली सैन्य क्षमतामा परिवर्तन आएको र संयुक्त अभ्यासमा त्यसलाई समेत ध्यान दिइने उनको भनाइ छ ।

‘उल्ची फ्रिडम शिल्ड’ दक्षिण कोरिया र अमेरिकी सेनाले वार्षिक रूपमा सञ्चालन गर्ने दुई प्रमुख संयुक्त सैन्य अभ्यासमध्ये एक हो । अर्को प्रमुख अभ्यास वसन्त ऋतुमा सञ्चालन गरिन्छ । अमेरिकी सेनाका अनुसार यस अभ्यासमा प्रत्यक्ष, भर्चुअल, कम्प्युटरमा आधारित तथा स्थलगत तालिम समावेश हुन्छ ।

 उत्तर कोरियाले भने यसबारे तत्काल कुनै प्रतिक्रिया जनाएको छैन । उसले दक्षिण कोरिया र अमेरिकाबीच हुने ठूला सैन्य अभ्यासलाई आफूविरुद्धको आक्रमणको तयारीका रूपमा लिँदै आएको छ । दक्षिण कोरिया र अमेरिकाले भने आफ्ना संयुक्त सैन्य अभ्यास रक्षात्मक प्रकृतिका भएको बताउँदै आएका छन् ।

यसैबीच, दक्षिण कोरिया, अमेरिका र जापानले बिहीबार उत्तर कोरियाबाट छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण भएको पत्ता लगाएका थिए । जुनको अन्त्ययता उत्तर कोरियाले गरेको यो पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण भएको बताइएको छ । क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी तटको समुद्री क्षेत्रमा खसेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का प्रस्तावहरूले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्रसम्बन्धी गतिविधि सञ्चालन गर्न प्रतिबन्ध लगाएका छन् । दक्षिण कोरिया र जापानले उक्त प्रक्षेपणको निन्दा गर्दै यसलाई क्षेत्रीय शान्ति र सुरक्षाका लागि खतरा भएको बताएका छन् । 

अमेरिकी प्यासिफिक कमान्डले पनि अमेरिका आफ्ना मुलुक तथा क्षेत्रीय सहयोगी राष्ट्रको सुरक्षाप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको उच्चस्तरीय कूटनीतिक प्रयास असफल भएपछि उत्तर कोरियाले आफ्नो आणविक तथा क्षेप्यास्त्र क्षमता विस्तारलाई तीव्रता दिँदै आएको छ ।

दक्षिण कोरिया, अमेरिका तथा अन्य देशहरूले उत्तर कोरियाले रुसलाई सैनिक तथा हतियार सहयोग गरेकोमा चिन्ता व्यक्त गर्दै आएका छन् । रुसबाट प्राप्त सम्भावित सैन्य प्रविधि र युक्रेन युद्धबाट प्राप्त अनुभवले उत्तर कोरियाको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम थप सक्षम बन्न सक्ने विज्ञहरूको आकलन छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ५ : ५३ बजे

होर्मुज जलडमरूमध्य पुनः खोल्न इरान आफ्ना सर्तमा अडिग

तेहरान– मध्यपूर्वमा जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप होर्मुज जलडमरूमध्य पुनः

नारायणगढ-मुग्लिन सडक सञ्चालनमा, पृथ्वी राजमार्ग पनि आजै सञ्चालनमा ल्याइने

चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने 

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका –४

मध्यपुर थिमिमा जिब्रो छेड्ने जात्रा सम्पन्न

काठमाडौं– मध्यपुर थिमिमा मनाइने ऐतिहासिक तथा परम्परागत म्ये प्वा खनेगु’

अन्नपूर्ण, मनास्लु र गौरीशङ्कर संरक्षण क्षेत्रमा पदयात्राका लागि नयाँ नियम र पूर्वसतर्कता लागू

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले भारी