अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ « Khabarhub

अपाङ्गता भएकी किशोरीमाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

बागलुङ – बागलुङमा अपाङ्गता भएकी १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका–३ का ३२ वर्षीय होमे पतेल रहेका छन् ।

प्रहरीका अनुसार गत साउन २१ गते दिउँसो करिब ४ः३० बजे बडिगाड गाउँपालिका–१ घोरलोक क्षेत्रमा विद्यालयबाट घर फर्किँदै गरेकी किशोरीमाथि जबरजस्ती करणी गरेको आरोप पतेलमाथि लागेको हो ।

घटनाको सूचना पाएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै पतेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

पक्राउ परेका पतेलविरुद्ध जिल्ला अदालत बागलुङबाट पाँच दिनको म्याद थप अनुमति लिइएको छ । उनीमाथि घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरीले घटनाका सम्बन्धमा थप प्रमाण तथा विवरण संकलन गर्ने कार्य जारी रहेको जनाएको छ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  १० : १० बजे

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य १,१०० रुपैयाँ र चाँदीको

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।