मोदीले गरे भिजाग विमानस्थल उद्घाटन « Khabarhub

मोदीले गरे भिजाग विमानस्थल उद्घाटन


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिणी राज्य आन्ध्र प्रदेशको तटीय सहर भिजागमा देशको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यो विमानस्थल वृद्धिको मार्ग र राज्यका युवाहरूको उज्ज्वल भविष्यको प्रस्थानविन्दु भएको बताएका छन् । सो अवसरमा उनले आफू सत्तामा आएको वर्ष सन् २०१४ मा भारतमा ७४ वटा मात्र सञ्चालनमा रहेका विमानस्थलहरू रहेकोमा हाल त्यसको सङ्ख्या बढेर १६६ पुगेको जानकारी दिए ।

अल्लुरी सीताराम राजु अन्तर्राष्ट्रिय नाम दिइएको यो विमानस्थल ५६ अर्ब भारतीय रुपैयाँभन्दा बढीको लागतमा २ हजार २०० एकड जग्गामा निर्माण गरिएको हो । जिएमआर समूहको कम्पनीद्वारा सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत डिजाइन, निर्माण, लगानी, सञ्चालन र हस्तान्तरण मोडलमा यो विमानस्थल बनाइएको हो । यस विमानस्थलबाट अगस्ट १७ देखि व्यावसायिक उडानहरू सुरु हुनेछन् । सुरुमा वार्षिक ६ मिलियन यात्रुलाई सेवा दिन सक्ने क्षमता रहेको यस विमानस्थलको क्षमतालाई पछि बढाएर ४० मिलियनसम्म पुर्‍याउन सकिनेछ ।

खराब तटीय मौसमलाई समेत धान्न सक्ने गरी निर्माण गरिएको यस विमानस्थलको सञ्चालन केन्द्रमा वास्तविक समयको विमानस्थल व्यवस्थापनका लागि कृत्रिम बौद्धिकताको प्रयोग गरिएको छ । मोदी सरकारले यस नयाँ विमानस्थललाई पूर्वी एसिया र भारतका आन्ध्र प्रदेश तथा छिमेकी राज्य उडिसाबीचको कनेक्टिभिटीलाई अझ सुदृढ बनाउने पूर्वी गेटवेका रूपमा परिकल्पना गरेको छ । माइक्रोसफ्ट, गुगल र रिलायन्सजस्ता ठूला कर्पोरेट संस्थाहरूले यस क्षेत्रमा डाटा सेन्टर स्थापना गर्ने योजना घोषणा गरिसकेका कारण यो विमानस्थल यस क्षेत्रको आर्थिक राजधानी बन्ने जिएमआर समूहले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ३९ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्