पाकिस्तानमा कश्मीरी जनताको पक्षमा प्रदर्शन गर्ने कार्यकर्ता पक्राउ « Khabarhub

पाकिस्तानमा कश्मीरी जनताको पक्षमा प्रदर्शन गर्ने कार्यकर्ता पक्राउ


२५ श्रावण २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तमा कश्मीरका नागरिकको पक्षमा ऐक्यबद्धता जनाउँदै प्रेस क्लब बाहिर शान्तिपूर्ण प्रदर्शन गरिरहेका हकूक-ए-खल्क पार्टीका कार्यकर्ताहरू पक्राउ परेका छन् । आजाद जम्मु कश्मीरको संयुक्त कार्यसमिति (जेएसी) को समर्थनमा आयोजित उक्त प्रदर्शनका क्रममा फारूक तारिक, मुजम्मिल काकर र हुसेन जमिल फरीदीलगायत दर्जनौँ प्रदर्शनकारीलाई प्रहरीले बल प्रयोग गरी पक्राउ गरेको थियो ।

प्रहरीले प्रदर्शनकारीहरूलाई घिसार्दै, दुर्व्यवहार गर्दै र जबर्जस्ती प्रहरी भ्यानमा कोच्दै शान्तिपूर्ण सभालाई तितरबितर पारेको थियो । पक्राउ पर्नेहरूमा हकूक-ए-खल्क पार्टी, खल्क युथ फ्रन्ट र प्रोग्रेसिभ स्टुडेन्ट्स कलेक्टीभका सदस्यहरू हरिस आजाद, जाहिद अली, अली राजा, अली अब्दुल्ला, राइ अली आफताब र शेर अलीलगायत रहेका छन् ।

यस गिरफ्तारीप्रति गहिरो चासो व्यक्त गर्दै पाकिस्तान किसान राविता समिति (पीकेआरसी) ले आफ्ना केन्द्रीय समिति सदस्य फारूक तारिकको मनमानी गिरफ्तारीको कडा शब्दमा भर्तना गरेको छ र यस्तो अघोषित नजरबन्दले नागरिकको शान्तिपूर्ण सभा, अभिव्यक्ति स्वतन्त्रता र राजनीतिक असहमति राख्न पाउने संवैधानिक अधिकारको हनन गरेको जनाएको छ ।

घटना लगत्तै फारूक तारिकले सामाजिक सञ्जालमार्फत आफूहरू रिहा भएको र आजको प्रदर्शन स्थगित गरिएको जानकारी दिएका छन् । पार्टी प्रवक्ताका अनुसार पञ्जाब प्रहरीले शनिबार कुनै पनि प्रदर्शन नगर्ने सर्तमा सबै पक्राउ परेकाहरूलाई रिहा गरेको छ । तारिकले आगामी दिनमा अनुमति लिएर पुनः प्रदर्शन आयोजना गरिने बताएका छन् ।

यो प्रदर्शन पाकिस्तान अधिनस्थ जम्मु कश्मीरको संयुक्त अवामी एक्शन कमिटीको समर्थनमा आयोजना गरिएको थियो । यसले लोकतान्त्रिक अधिकार, आर्थिक न्याय र उत्तरदायी शासनको माग गर्दै आएको छ । कश्मीरमा गत जुन महिनाको प्रारम्भदेखि नै रावतकोट र अन्य सहरहरूमा प्रदर्शन जारी रहेको छ । कमिटीले गत जुलाई २७ को मतदानको दिनदेखि सुरक्षा फौजको दमनमा परेर ३० जना प्रदर्शनकारीको मृत्यु भएको दाबी गरेको छ ।

त्यस्तै, पाकिस्तानका विभिन्न सहरमा बस्ने कश्मीरीहरूका लागि छुट्याइएको १२ वटा विधानसभा सिट खारेज गर्नुपर्ने लगायतका मुख्य मागहरू अगाडि सारेको छ । यसैबीच, पीकेआरसीले शान्तिपूर्ण राजनीतिक गतिविधि तथा ऐक्यबद्धता प्रदर्शनलाई अपराधीकरण गर्ने कार्य बन्द गर्न र अभिव्यक्ति, सङ्गठन तथा शान्तिपूर्ण सभाको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८३, सोमबार  ३ : ४३ बजे

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको

साउदी-टर्की-पाकिस्तान रक्षा सम्झौताप्रति ट्रम्पले के भने ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौताको स्वागत गर्दै यसलाई