जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल « Khabarhub

जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्छः संयोजक दाहाल


२५ भाद्र २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताए ।

पार्टीको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका संयोजक दाहालले बिहानसँग कुरा गर्दै जलवायु परिवर्तनका कारण हिमाल पग्लिने विषय वातावरणीय मात्र नभई मानव सभ्यता र अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले नेपालले यसलाई अन्तर्राष्ट्रिष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाउनुपर्ने बताए ।

“यो विषयमा म दोस्रो र तेस्रो पटक प्रधानमन्त्री भएका बेला थुप्रै अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी ढङ्गले उठाए”, संयोजक दाहालले भने, “यतिबेला यस विषयमा अन्तरराष्ट्रिय समुदायको गम्भीर ध्यानाकर्षण गराउनुपर्छ ।”

जलवायु परिवर्तनका कारण हिमाल तीव्र गतिमा पग्लिँदै जानु मानव अस्तित्वकै लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्नुहुँदै संयोजक दाहालले जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा मात्र सीमित नभई त्यसको प्रभाव क्रमशः मानव जीवन, कृषि, पानीका स्रोत, जैविक विविधता र समग्र अर्थतन्त्रमा परिरहेको उल्लेख गरे।

भोटेकोशी नदीमा बाढी आएको तत्कालीन समयमा सरकारले अन्तरराष्ट्रिय समुदाय तथा सम्बन्धित क्षेत्रका विज्ञ र उद्धार टोलीको सहयोग लिएर सुरुङभित्र फसेकाको खोज तथा उद्धारलाई तीव्रता दिन नसक्नु सरकारको कमजोरी भएको बताए ।

सुरुङभित्र फसेका व्यक्तिको अवस्था पत्ता लगाउन अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको प्रयोग गर्दै तत्काल खोजी तथा उद्धार गर्न सकेको भए धेरैको ज्यान जोगाउन सकिने अवस्था भए पनि सरकारले त्यो गर्न नसकेको उनको गुनासो थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८३, बिहीबार  ११ : ०५ बजे

विकास बैंकहरूको वित्तीय स्थिति : पुँजी पर्याप्तता अनुपात १४.५७ र औसत खराब कर्जा ५ प्रतिशत माथि

काठमाडौं– नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित विकास बैंकहरूको असार मसान्त २०८३

मध्यावधि निर्वाचनअघि ट्रम्पको ‘५ हजार डलर लाभांश’ घोषणा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा

भोटेकोशी बाढीपछि वीरगन्ज नाकामा दैनिक ७० प्रतिशतले आयात बढ्यो

बारा– भोटेकोशी बाढीपछि वीरगन्ज नाकाबाट दैनिक ७० प्रतिशत आयात बढेको वीरगन्ज

रसुवा भोर्ले बजारको पहिरो हटाइयो, १७ घण्टापछि खुल्यो नुवाकोट-धुन्चे सडक

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका–५ स्थित भोर्ले बजार, बागेश्वरी मन्दिरनजिकै बुधबार

सङ्घीय अस्पतालमा शवगृह बनाइने

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद्का समयमा ठूलो सङ्ख्यामा